खेल

रेलिगेसनबाट जोगियो वेस्ट ह्याम

लाम्पार्डको चेल्सीका खेलाडीलाई आग्रह, युनाइटेडविरुद्ध विचलित नहोऊ

वाटफोर्डविरुद्ध जित निकालेपश्चात् वेस्ट ह्यामका प्रशिक्षक डेविड मोयजले इङ्लिस प्रिमियर लिगबाट रेलिगेसन जोगाउने लक्ष्य पूरा भएको बताएका छन्।

शुक्रबार रेलिगेसनबाट बच्न संघर्षरत वाटफोर्डविरुद्ध ३–१ को रबाफिलो जितसँगै वेस्ट ह्याम प्रिमियर लिगमै रहने पक्का भएपछि प्रशिक्षक मोयजले सो किसिमको प्रतिक्रिया दिएका हुन्। मोयजको क्लब वेस्ट ह्यामले लन्डन स्टेडियममा पहिलो हाफअगाडि नै रबाफिलो शैलीमा गोल गर्दै सहज जित निकालेको थियो। मिकाइल एन्टोनिओ, टोमस सौसेक र डिक्लेन राइसले गोल गर्दा वाटफोर्डका ट्रोय डिनेले दोस्रो हाफमा एक गोल फर्काए। डिनेको गोलबाट पनि पाहुना टोली वाटफोर्ड खेलमा फर्कन सकेन। जितसँगै वेस्ट ह्याम अंकतालिकाको १५औं स्थानमा उक्लिएको छ।

सिजनको दुई खेल बाँकी छँदा रेलिगेसन क्षेत्रबाट ६ अंकको अग्रता बनाएको वेस्ट ह्याम रेलिगेसन क्षेत्रका बर्नमाउथ र एस्टनभिल्लासँग गोलअन्तरका आधारमा पनि बलियो स्थितिमा भएपछि प्रिमियर लिगमै रहने पक्का भएको हो। सिजन फर्किएपश्चात् चेल्सी र नर्विचसँगको महŒवपूर्ण जितपछि वेस्ट ह्याम प्रिमियर लिगकै अस्तित्व जोगाउने सँघारमा पुगेको थियो। मोयजले बाँकी दुई खेल म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाविरुद्ध पनि आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। ‘हामी निकै राम्रो अवस्थामा छौं, हामीसँग अभैm राम्रा अवसर पनि हुनेछन्। हामीले अभैm राम्रो प्रदर्शन गर्नुपर्छ,’ मोयजले भने, ‘अझ पनि गोलले खेलमा धेरै असर पार्न सक्छ र त्यसैले गोलअन्तरमा फरक कायमै राख्ने प्रयास हुनेछ।’

मोयजले अभैm एक खेल जित्न सके वेस्ट ह्यामको लक्ष्य पूरा हुने बताए। ‘दुई खेल बाँकी छँदा हामीसँग ३७ अंक छ र यदि हामीले ४० अंक प्राप्त ग¥यौं भने सहज रूपमा हाम्रो लक्ष्य पूरा हुनेछन्,’ मोयजले जोड दिए। पराजय बेहोरेको वाटफोर्ड रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहँदा तीन अंकको अन्तर बनाएको छ र प्रिमियर लिगको यात्रा जोगाउन निकै कठिन हुने सम्भावना छ। पछिल्ला तीन खेलमा पहिलो हार बेहोरेको नाइजेल पिएर्सनको टोली वाटफोर्डले बाँकी दुई खेलमा म्यानचेस्टर सिटी र आर्सनलविरुद्ध खेल्नेछ। रेलिगेसन क्षेत्रको बर्नमाउथ र वाटफोर्डबीच दुई गोलको मात्र अन्तर छ।  

बर्नमाउथले आइतबार साउथह्याम्पटनमाथि तीनको गोलको अन्तरमा जित निकाल्न सके केही समय रेलिगेसन क्षेत्रमाथि रहनेछ। ‘आजको नतिजा निकै निराशाजनक थियो। मैले खेलाडीबाट योभन्दा बढी आशा गरेको छ,’ पिएर्सनले भने, ‘आगामी खेलमा खेलाडीले राम्रो नतिजा दिने आशा गरेका छौं।’ गत साता नर्विचविरुद्धको खेलमा चार गोल गरेका एन्टोनिओले वाटफोर्डसँग पनि उत्कष्ट लय दोहो¥याए। उनले खेलको छैटौं मिनेटमा नै वेस्ट ह्यामलाई अग्रता दिलाउँदा पाब्लो फोर्नल्सको पास सदुपयोग गरेका थिए। त्यससँगै एन्टोनिओले महामारीपछि प्रिमियर लिगमा सातौं गोल पूरा गरेका छन्।  सिजनको दुई खेल बाँकी छँदा रेलिगेसन क्षेत्रबाट ६ अंकको अग्रता बनाएको वेस्ट ह्याम रेलिगेसन क्षेत्रका बर्नमाउथ र एस्टनभिल्लासँग गोलअन्तरका आधारमा पनि बलियो स्थितिमा भएपछि प्रिमियर लिगमै रहने पक्का भएको हो।

   लाम्पार्डको चेल्सीका खेलाडीलाई आग्रह, युनाइटेडविरुद्ध विचलित नहोऊ

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले स्टार खेलाडीलाई म्यानचेस्टर युनाइटेडविरुद्ध एफए कपको सेमिफाइनलमा विचलित नहुन सचेत गराएका छन्।  

लाम्पार्डको टोली चेल्सीलाई युनाइटेडले यसै सिजन मात्र तीन पटक हराइसकेको छ। चेल्सी  प्रिमियर लिगअन्तर्गत पछिल्लो खेलमा युनाइटेडसँग ओल्ड ट्राफोर्डमा ४–० को फराकिलो अन्तरले पराजित भएको थियो। यस्तै लिग कपअन्तर्गत चौथो चरणको खेलमा चेल्सी २–१ ले स्तब्ध हुँदा फ्रेबु्रअरीमा भएको लिग खेलमा २–० को हार बेहोरेको थियो। लाम्पार्डले चेल्सी पछिल्लो समय राम्रो भएको भन्दै एफए कपको सेमिफाइनलमा विचलित नहुन आग्रह गरेका हुन्।

‘विभिन्न प्रतिस्पर्धामा खेलको मर्म फेयर प्लेमा हामीले खेल गुमाएका छौं। जुन यथार्थ पनि हो। म बदलाको भावनामा छैन,’ चेल्सीका प्रशिक्षक लाम्पार्डले भने, ‘जति सक्दो हामीले राम्रो खेल खेल्ने हो। स्वाभाविक खेल देखाउँदै नतिजा पक्षमा पार्ने कोसिस हामीले गर्नुपर्छ।’

‘पछिल्लो लिगको खेलमा पहिलो हाफ हामीले युनाइटेडलाई दबाबमा राख्दै खेल पस्किएका थियौं तर पाएका अवसर सदुपयोग गर्न चुक्यौं,’ लाम्पार्डले थपे, ‘उनीहरूको टोली राम्रो छ। पछिल्लो समय उनीहरूले उत्कृष्ट खेल देखाइरहेका छन्। हाम्रो लक्ष्य भनेको सुखद नतिजा निकाल्नु हो।’

प्रिमियर लिगको पछिल्लो खेलमा युनोटेडले क्रिस्टल प्यालेसविरुद्ध उसैको मैदानमा २–० को जित निकाल्दै मनोबल बढाएको छ। सहज जित निकाल्दा युनाइेटडलाई भिडियो सहायक रेफ्री (भिएआर)ले साथ दिएको थियो। क्रिस्टलका विलफ्रेड जाहाले पेनाल्टी अवसरलाई खेर फाल्दा मार्कुस रसफोर्डले भ्रमणकारी टोली युनाइटेडलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। ७८औं मिनेटमा एन्टोनियो मार्सियलले गोल गर्दै जित सुनिश्चित गर्दा एफए कप सेमिफाइनल खेल्न तयार भएको संकेत देखाएको थियो।  

‘अहिलेको अवस्थामा सामान्य दुविधा भए भिएआर सहयोगी छ। सजिलै रेफ्रीले प्रयोग गर्न सक्छन्, त्यसैले राम्रो खेल देखाउनु हाम्रो लक्ष्य हो,’ लाम्पार्डले खेलाडीलाई विचलित नहुन सुझाव दिए।‘अहिलेको अवस्थामा सामान्य दुविधा भए भिएआर सहयोगी छ। सजिलै रेफ्रीले प्रयोग गर्न सक्छन्, त्यसैले राम्रो खेल देखाउनु हाम्रो लक्ष्य हो।’

प्रकाशित: ४ श्रावण २०७७ ०५:०१ आइतबार

प्रिमियर लिग वेस्ट ह्याम