खेल

एन्फा भक्तपुर अदालतमा जाने

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुँवरसहित काठमाडौं उपत्यका र उपत्यकाबाहिरको एन्फा धादिङले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका हुन् । विज्ञप्तिमा साफका उपाध्यक्ष कुँंवरसहित एन्फा काठमाडौंका अध्यक्ष विराटजङ्ग शाही, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । विधानविपरीत भक्तपुर एन्फा भंग गरी तदर्थ समिति गठन गरेको भन्दै उनीहरूले भक्तपुरमा बैठक राखी विरोध गरेका हुन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको उक्त निर्णय फिर्ता गरी भक्तपुर जिल्ला फुटबल संघलाई पुनःस्र्थापना गर्न विज्ञप्तिमा माग गरिएको छ । अन्यथा आफ्नो अधिकार प्राप्त गर्नकै लागि कानुनी बाटोतर्फ लाग्न बाध्य हुने व्यहोरा समेत विज्ञप्तिमा उल्लेख छ । असार २ गते बसेको एन्फा केन्द्रको बैठकले गौतम सुजखुको अध्यक्षतामा रहेको एन्फा भक्तपुरलाई भंग गरी नयाँ तदर्थ समिति घोषणा गरेको थियो।

प्रकाशित: ७ असार २०७७ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App