खेल

स्पानियोलको जित

मार्च महिनाबाट विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको ला लिगाअन्तर्गत दोस्रो चरणको तालिका सुचारु हुँदा युरोपको चर्चित लिग शुक्रबारबाट फर्किएको छ । लिगअन्तर्गत शुक्रबार भएको खेलमा सेभियाले रियाल बेटिसलाई २–० ले पराजित ग¥यो । शुक्रबार नै भएको अर्को खेलमा गेटाफेले लिएको अग्रतालाई कायम राख्न नसक्दा चौथो स्थानमा उक्लिने मौका गुमायो । 

गेटाफे ग्रानाडासँग २–१ ले पराजित भयो । गेटाफे ४६ अंकका साथ तालिकाको पाँचाैं स्थानमा रहँदा एक खेल कम खेलेको रियाल सोसिडाड समान अंकका साथ तालिकाको चौथो स्थानमा छ । शनिबार दश खेलाडीमा सीमित बनेको लेभान्तेले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेकोे छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लेभान्ते र भ्यालेन्सियाले पहिलो र दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

तर अन्तिम मिनेटमा भ्यालेसिन्याले गोल गर्दै खेलमा अग्रता लिए पनि इन्जुरी समयमा एक खेलाडी कम भएको लेभान्तेले पेनाल्टीबाट गोल फर्काउन सफल भएको थियो । नवौं मिनेटमा रोड्रिगोले गर्दै अग्रता दिलाएका थिए । लेभान्तेका लागि गोन्जालो मेलोरोले पेनाल्टीबाट गोल फर्काउँदै बराबरीको अवस्थामा ल्याएका थिए । शनिबार भएको अर्काे खेलमा स्पानियोलले भ्रमणकारी टोली डेपोर्टिभो अल्भेसलाई २–० ले पराजित गर्यो । 

पहिलो हाफदेखि नै अग्रता लिएको घरेलु टोली स्पानियोलका लागि बेनान्र्डोले ४५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । भ्रमणकारी टोलीले अल्भेसका फनान्र्डो पचेको रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा सीमित बनेको थियो । एक खेलाडी कम भएको फाइदा उठाउँदै स्पानियोल अग्रता बनाउन सफल भएको हो । पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबलका साथ मैदान उत्रिएको स्पानियोलले ४७औैं मिनेटमा गोल गर्दैे अग्रता दोब्बर पारेको थियो । 

ली वीले गोल गर्दै अग्रता २–० मा पुर्यारएका थिए । कोरोना भाइरसका कारण स्थगित भएपछि सुचारु भएको आफ्नो पहिलो खेलमा जित निकालेको स्पानियोल टोली तालिकाको पुछारमा यथावत् छ । यस्तै पराजित टोली अल्भेस भने ३२ अंकका साथ तालिकाको १४औं स्थानमा छ । सुचारु लिगको तालिकामा बार्सिलोना ५८ अंकका साथ शीर्ष स्थानमा अटाउँदा रियाल मड्रिड दुई अंक पछि रहँदै दोस्रो स्थानमा छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:०३ आइतबार

कोरोना भाइरस स्पानियोल