खेल

अस्ट्रियामा जुलाईबाट फर्मुला वान

अस्ट्रियाको सरकारले जुलाईबाट फर्मुला वानको सिजन सुरु हुने घोषणा गरेको छ । स्पियलबर्गको रेड बुल रिङमा हुने रेस जुलाई ५ र १२ का लागि तय गरिएको छ र ती दुवै प्रतियोगितामा दर्शकको आगमनमाथि प्रतिबन्ध लगाइएको छ ।

२०२० को फर्मुला वान सिजन मार्चमा अस्ट्रियामा सुरु हुने तालिका थियो, तर विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण रेस निर्धारित समयबाट पछि धकेलिएको थियो । साथै अन्य ९ रेस पनि सारिएको थियो ।

अस्ट्रियामा एफ वान सिजन सफलताका साथ सम्पन्न भएमा जुलाई १९ मा हंगेरीको बुढापेस्टमा अर्कोे रेस पनि हुनेछ । सिल्भरस्टोनले यसअघि नै अगस्टमा ब्रिटिस ट्य्राकमा दुई ग्रान्ड प्रिक्स गर्ने सम्झौता गरिसकेको छ । एफ वान बोसहरूले भने यस सिजनको खेलतालिका पुनः सार्वजनिक गरिने बताउँदै आएका छन् ।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:४२ मंगलबार

खेलकुद अस्ट्रिया फर्मुला वान