खेल

बायर्नको सहज जित

रोबर्ट लेवान्डोस्कीले यस सिजन २६ गोल पूरा गरेको दिन शीर्ष स्थानको बायर्न म्युनिखले युनियन बर्लिनमाथि २–० को सहज जित निकालेको छ ।

बन्द रंगशालाबीच बायर्नले उपाधि यात्रा कायमै राख्ने क्रममा आइतबार तुलनात्मक रूपमा कमजोर युनियन बर्लिनमाथि सफलता रचेको हो । बर्लिनमा लेवान्डोवस्कीले पहिलो हाफमा पेनाल्टीमार्फत र डिफेन्डर बेन्जिामिन पाभार्डले अन्तिम समयतिर गोल गर्दै बायर्नको अग्रता बढाए । 

युरोपमा कोरोना महामारीका बीच फुटबल सञ्चालन हुने बुन्डेसलिगा पहिलो व्यावसायिक ठूलो प्रतिस्पर्धा हो । गत मध्य मार्चमा यो महामारीपश्चात् लिग स्थगित हुनुअघि पोल्यान्डका स्टार लेवान्डोवस्कीले चोटका कारण  दुई खेल गुमाएका थिए । लेवान्डोवस्कीले यस सिजन सबै प्रतियोगितामा गरेर बायर्नका लागि ४० गोल गरिसकेका छन् ।

लेवान्डोवस्कीले लय जारी राख्दा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डविरुद्ध ४ अंकको अग्रता लिएको छ । डर्टमन्डले गत शनिबार साल्केविरुद्ध ४–० को जित निकाल्दै महामारीपश्चात् फर्किएको लिगमा सानदार सुरुआत गर्यो । बायर्नले घरेलु मैदानमा आगामी मे २६ मा डर्टमन्डविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । निकै रोचक हुने उक्त खेल पनि बन्द रंगशालाबीच स्वास्थ्य सुरक्षा विधि अनपाएर नै सञ्चालन हुनेछ । 

‘खेलमैदानमा समर्थक नहुँदा हरेक मिनेट नै लामो समय लाग्ने रहेछ,’ बायर्नका कप्तान म्यानुयल नेयुरले भने, ‘आजको वातावरण पनि निकै फरक भयो । यस मैदानमा पक्कै पनि हामीले राम्रो नतिजा आशा गरेका थियौं, तर त्यसो हुन सकेन । नतिजा राम्रो नआउनुमा केही व्यावहारिक पक्ष पनि रह्यो होला ।’

कप्तान नेयुरले पनि आशाअनुरूप नतिजा आउन नसके पनि खुसी रहेको बताए । ‘राम्रो नतिजाका लागि हामीले अभैm धेरै मिहिनेत गर्नुपर्छ । तर आजको नतिजाले पनि खुसी नै छौं । उनीहरूलाई दबाबमा राखेर तीन अंक बटुल्यौं,’ नेयुरले थपे । बर्लिनले गत सिजनको अन्त्यमा घरेलु मैदानमा शीर्ष स्थानको डर्टमन्ड र बोरुसिया मोन्चेनग्लाडबाचलाई स्तब्ध बनाएको थियो । तर, यस सिजनको सुरुआतमै डर्टमन्डले घरेलु मैदानमा बर्लिन युनियनमाथि ५–० को जित निकाल्दै हारको बदला लिएको थियो । बायर्नसँग बिनादर्शक भने बर्लिनले आफ्नो प्रभाव देखाउन सकेन ।

खेलको १८औं मिनेटमै थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए पनि भिआरमार्फत अफसाइड मान्यता भएको थियो । खेलको ३८औं मिनेटमा युनियनका डिफेन्डर नेभेन सुबोटिकले लियोन गोरेट्जकामाथि फाउल गरेपछि बायर्नले अग्रता लिने अवसर पायो । लेवान्डोवस्कीले त्यस अवसरको सदुपयोग गर्दै घरेलु टोलीलाई निरास बनाए । बायर्नका प्रशिक्षक हेन्सी फ्लिकले फेन्च विंगर किन्सले कोमानलाई मैदान पठाउँदा उनले बुन्डेसलिगामा सयौं खेल पूरा गरे । कोमानकै देशका पाभार्डले ८०औं मिनेटमा हेडमार्पmत गोल गर्दै बायर्नलाई तीन अंक सुरक्षित गराए ।

प्रत्यक्ष दर्शक नभए पनि बुन्डेसलिगाको ब्रोडकास्टरले उक्त खेल ६ मिलियन मानिसले टिभीमार्फत हेरेको जनाएको छ । त्यस खेललाई प्रत्यक्ष प्रसारण गरेको स्काइ च्यानलका लागि नयाँ धेरै मानिसले हेरेको रेकर्ड पनि बन्यो । शनिबार असबर्गको मैदानबाहिर उनीहरूका समर्थकले ‘फुटबलले जीवन दिन्छ, तर तिम्रो व्यवसायलाई रोगी बनाउँछ’ भन्ने ब्यानर बोकेका थिए । दोस्रो डिभिजन क्लब सेन्ट पउलीले पनि ट्विटरमा ‘फुटबल समर्थकको कारणले रहन्छ, समर्थकबिना केही रहन्न’ फोटो सार्वजनिक गरेको थियो ।

जर्मन सरकारले सुरक्षा विधिको कडा नियम जारी गरे पनि हर्था बर्लिनका डिफेन्डर डेडरिक बोयटालाई त्यसको पालना नगरेको आरोप लागेको छ । उनको टोलीले होफेनहेममाथि ३–० को जित निकाल्दा उनले आफ्ना सहकर्मी मार्को ग्रुजिकलाई चुम्बन गरेका थिए । तर उनले बोयटालाई चुम्बन नगरेको दाबी गर्दै उनलाई केही निर्देशन दिएको बताएका छन् ।

प्रत्यक्ष दर्शक नभए पनि बुन्डेसलिगाको ब्रोडकास्टरले उक्त खेल ६ मिलियन मानिसले टिभीमार्फत हेरेको जनाएको छ । त्यस खेललाई प्रत्यक्ष प्रसारण गरेको स्काइ च्यानलका लागि नयाँ धेरै मानिसले हेरेको रेकर्ड पनि बन्यो ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:३३ मंगलबार

फुटबल