खेल

विल्फर्डले डाक्टरलाई खान बस्न दिने

लन्डन – कोरोना भाइरसका लागि खटिने चिकित्सकका लागि क्रिस्टल प्यालेसका विंगर विल्फर्ड जाहाले आफ्नो घरमा निशुल्क खानपिन र बसोबासको व्यवस्था गर्ने घोषणा गरेका छन्।

यसअघि चेल्सीका मालिक रोमन इब्राहिमोभिच र म्यानचेस्टर युनाइटेडका ग्यारी नाभेलले पनि कोरोना भाइरसका लागि खटिने चिकित्सकका लागि आफ्नो घरमा निशुल्क खानपिन र बसोबासको व्यवस्था गर्ने घोषणा गरिसकेका छन्। जाहाले अहिले हप्तामा इङ्लिस प्रिमियर लिग क्लबबाट १ लाख ५ हजार डलर कमाउँछन्। उनले यस कार्यमा खटिने चिकित्सकलाई दैनिक रूपमा घर आउन जान कठिनाइ भएको खण्डमा आफ्नो घरमा त्यसका लागि निशुल्क खानपिन र बसोबासको व्यवस्था गर्न लागेको बताएका हुन्।

‘तपाइंले केही राम्रो गर्नुभयो भने सबैका लागि त्यो राम्रो बन्न सक्छ,’ जाहाले भने, ‘म सबैलाई सहयोग गर्न चाहन्छु। चिकित्सकहरू दिनरात नभनी, घरपरिवारबाट टाढा बसेर पनि निरन्तर खटिरहेका छन्। त्यसैले उनीहरूलाई पनि हामी नागरिकको तर्फबाट गर्नुपर्ने सहयोग हामीले गर्नुपर्छ। मेरो यो सानो प्रयास मात्र हो।’

प्रकाशित: ९ चैत्र २०७६ ०१:३६ आइतबार

कोरोना_भाइरस चिकित्सक