पेरिस – म्यानचेस्टर युनाइटेडले लास्कविरुद्ध ५–० को फराकिलो जित निकाल्दै बिहीबार राती युरोपा लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेको छ। कोरोना भाइरसका कारण बन्द रंगशालामा सञ्चालन गरिएको अन्तिम १६ खेलमा युनाइटेडले सानदार जित निकालेको हो।
लास्कको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि ओडिन इघालोले २८औं मिनेटमा अग्रता दिलाएका थिए। इघालोले २० यार्ड टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। पहिलो हाफमा एक गोलको अग्रता लिएको भ्रमणकारी टोली युनाइटेडले दोस्रो हाफमा भने चार गोल थप्यो। उच्च मनोबलका साथ खेल प्रदर्शन गरेको युनाइटेडका लागि ड्यानियल जेम्सले ५८औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर पारे। एकतर्फी जस्तो देखिएको खेल सकिन ८ मिनेट बाँकी रहँदा हुँवा माटाले तेस्रो गोल गरे।
पहिलो हाफमा एक गोलको अग्रता लिएको भ्रमणकारी टोली युनाइटेडले दोस्रो हाफमा भने चार गोल थप्यो। इन्जुरी समयमा मासोन ग्रिनउड र एन्ड्रिस परेरा गोल गर्दै युनाइटेडलाई ५–० को फराकिलो जित पक्का गराए।
इन्जुरी समयमा मासोन ग्रिनउड र एन्ड्रिस परेरा गोल गर्दै युनाइटेडलाई ५–० को फराकिलो जित पक्का गराए। यससँगै युनाइटेडले पछिल्ला ११ खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। जसमध्ये ९ खेलमा स्पष्ट जित रहेको छ। ‘मेरो बुझाईमा युनाइटेडका खेलाडीको खेलस्तर बढेको छ। राम्रो खेल्नका लागि हामी तयार भइसकेका छौं। रणनीतिक हिसाबमा हामी मजबुत हुँदै गएका छौं,’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘फिनिसिङमा स्तरीय गोल भए। पहिलो हाफमा अझै धेरै गोल हुनु पर्ने थियो, दोस्रो हाफमा भए।’
खेल दर्शक विना बन्द रंगशालमा सञ्चालन भएको थियो। युइएफएले बुधबार पहिलो लेग इन्टर मिलान र गेटाफेबीच इटालीमा र सेभिया र रोमाबीच स्पेनमा तय भएका खेल स्थगित गर्ने सूचना निकालेको थियो। यस्तै स्पेनिस अधिकारीहरूले पनि मार्च २५ तारिख सम्मका लागि खेलाडीलाई आवतजावत गर्नका लागि उडान रद्द गरेको जनाएको छ। संक्रमण फैलिएपछि स्पेनिस फुटबल निकायले यस्तो निर्णय गरेको हो। युरोपा लिगअन्तर्गत बिहीबार नै भएका अन्य खेलमा बसेलले इन्ट्राक्ट फ्रान्कफर्टलाई उसैको मैदानमा ३–० ले स्तब्ध बनायो।
२७औं मिनेटमा सामुयल क्याम्पोको गोलबाट बसेलले अग्रता लिएको थियो। केभिन बुएले ७३औं मिनेटमा दोस्रो तथा फाबियन फेरीले ८५औं मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। अर्को खेलमा इस्तानबुल बासाकसेहिरले एफसी कोभनेहावनलाई १–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्न सफल भयो। शुक्रबारसम्म सबै खाले प्रतियोगिता युइएफले रद्द गर्ने जनाएको छ। प्रिमियर लिगलगायतका फुटबलका अन्य प्रतियोगिता रद्द भएसँगै युइएफले च्याम्पियन्स लिग र युरोपा पनि रद्द गर्ने जनाएका हो।
प्रकाशित: १ चैत्र २०७६ ०१:३३ शनिबार