खेल

ब्वाइज युनियन विजयी

सर्लाही - आयोजक बागमती युवा क्लब नीलोविरुद्ध १–० को जित निकाल्दै ब्वाइज युनियन क्लब, काठमाडौं सर्लाहीको बागमतीमा बिहीबारबाट सुरु राजर्षि जनक कप फुटबल प्रतियोगिताको अघिल्लो चरणमा पुगेको छ।

ब्वाइज युनियनका  सुशान्त लामाले ६९औं मिनेटमा गरेको गोल नै ब्वाइज युनियनको जितका लागि निर्णायक बन्यो।  लामाले डी बक्सभन्दा बाहिरबाट गरेको सशक्त प्रहारले विपक्षीको जाली चुमेको थियो। लामाले प्रहार गरेको बल नियन्त्रणमा लिन खोज्दा बागमतीका गोलकिपर कुशल गिरीको काखिमुनिबाट चिप्लिएको थियो।

आफ्नो टोलीलाई जित दिलाएका लामा म्याद अफ दी म्याच घोषित भए। बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले लामालाई नगद १० हजारसहित ट्रफी एवं एकजोर बुट प्रदान गरे।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:१२ शुक्रबार

फुटबल_प्रतियोगिता विजयी