खेल

सैनिक आवासीयलाई प्रधानसेनापति अन्तर विद्यालय टी-२० क्रिकेटको उपाधि

भक्तपुर- सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई बिहीबार नगद एक लाख, ट्रफी र प्रमाणपत्र वितरण गरे।

कार्यक्रमका विशेष अतिथिहरू भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सानका वर्तमान अध्यक्ष तथा नेपाली सेनाका अवकाश प्राप्त मानार्थ उपरथी ताराबहादुर कार्की, कल्याणकारी योजनाका सागरबहादुर केसी, क्यानका भूतपूर्व अध्यक्ष विनयराज पाण्डे र महाविद्यालयका सम्पर्क अधिकृत तथा प्रमुख सेनानी अनुप शाहले प्रतियोगितामा द्वितीय, तृतीय स्थान हासिल गर्ने र सहभागी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल, नगद पुरस्कार र ट्रफी वितरण गरे।

 

प्रकाशित: २२ फाल्गुन २०७६ १३:०९ बिहीबार

सैनिक_आवासीय प्रधानसेनापति_अन्तर_विद्यालय_टी_२०_क्रिकेट