खेल

प्राइम र लरेन्स सफल

काठमाडौं – प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बिएससी सिएसआइटी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन्।

मूलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट हुनुअघि ६२ रनको योगफल खडा गरेको थियो। प्राइमले ११ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ दी म्याच’ घोषित भए।

न्यु समिट कलेजद्वारा आयोजित प्रतियोगितामा सेन्ट लरेन्सले हिमालयन कलेज अफ इन्जिनियरिङलाई ७९ रनको फराकिलो अन्तरले हरायो। सेन्ट लरेन्सले पूरै २० ओभर खेल्दै १ सय ७४ रन बनाएको थियो। हिमालयन ९५ रन बनाउँदै अलआउट भयो। विजेताका किशोर गहतराज ‘म्यान अफ दी म्याच’ चुनिए। उनले ४ विकेट हात पारे।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:४९ सोमबार

क्रिकेट सफल सिएसआइटी_कप_ट्वान्टी