खेल

नेपालको अप्रत्याशित हार

काठमाडौं – सन्दीप लामिछानेले ट्वान्टी–२० क्रिकेटमा सयौं विकेटको कोसेढुङ्गा पार गरेको दिन नेपालले एसिसी इस्टर्न रिजनको पहिलो खेलमा शनिबार लज्जापूर्ण हार बेहोरेको छ।

एसिया कप छनोटको खुड्किलोसमेत रहेको एसिसी इस्टर्न रिजनमा मलेसियासँग अप्रत्याशित हारबाट नेपालले प्रतियोगिताको सुरुआत गरेको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेटको ग्राउन्डमा शनिबार मलेसियासँग २२ रनले अप्रत्याशित हार बेहोरेसँगै नेपालको एसिया कप छनोट यात्रा निकै कठिन हुने देखिएको छ। पाँच राष्ट्र सम्मिलित इस्टर्न रिजनका शीर्ष दुई टोलीले एसिया कप छनोट यात्रा तय गर्नेछन्। इस्टर्न र वेस्टर्न रिजनका शीर्ष दुई टोली युएई र कुवेतबीच एसिया कप छनोटमा प्रतिस्पर्धा हुनेछ। यद्यपि, इस्टर्न रिजनमा कमजोर मानिएको मलेसियासँगको पहिलो खेलमा अप्रत्याशित हार बेहोरेपछि नेपालको छनोट यात्रा कठिन हुने देखिएको छ। १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय ३२ रनमै अलआउट भएपछि लज्जापूर्ण हार बेहोर्न बाध्य भयो। त्यससँगै नेपाल ११ वर्षपछि मलेसियासँग पराजय बेहोर्न बाध्य भयो।

यसअघि सन् २००९ मा युएईमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा मलेसियासँग नेपालले ६ विकेटको हार बेहोरेको थियो। त्यसयता, मलेसियाविरुद्ध हाबी हँदै आएको नेपालले एक दशकपछि खराब नतिजा सामना गर्‍यो। एक समय राम्रो स्थितिमा रहँदाका बावजुद नेपालले अनुशासित ब्याटिङलाई निरन्तरता दिन सकेन। उपकप्तान दीपेन्द्रसिंह ऐरी ३८ रनमा आउट हुँदासम्म नेपाल ११०–४ विकेटको स्थितिमा थियो। तर, खातामा थप २२ रन जोड्दा नेपालले ६ विकेट गुमाएपछि सहजै मलेसियालाई नतिजा सुम्पियो। पहिलो ओभरमै कुशल मल्ल शून्यमा आउट भएपछि पहिलो झड्का पाएको नेपालले २२ रन जोड्दा दोस्रो विकेटको रूपमा पूर्वकप्तान पारस खड्कालाई ९ रनमै गुमाउन पुग्यो। यद्यपि, त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रले ६७ रनको साझेदारी गर्दै जितको आधार स्तम्ध बनाएका थिए। तर, पवनदीसिंहले ज्ञानेन्द्रलाई ३८ रन पवेलियनको बाटो देखाए।  

ज्ञानेन्द्रको इनिङमा तीन चौका र एक छक्का थियो। त्यसपछि आएका पवन सर्राफले दीपेन्द्रलाई साथ दिने प्रयास गरेका थिए। यद्यपि, सर्भिन मुनियन्दीले दीपन्द्रलाई आउट गर्दै नेपाललाई ठूलो झड्का दिए। समालिएर ब्याटिङ गरेका दीपेन्द्रले ४० बलमा चौका प्रहार गरेका थिए। दीपेन्द्र आउट भएपछि नेपालले समालिन नपाउँदै एकपछि अर्को विकेट गुमाउनपुग्यो। पाँचौं विकेटका रूपमा पवन १९ रनमा आउट हुँदा १६.५ ओभरमा नेपालको खातामा १ सय १८ रन थियो। त्यसपछि विनोद भण्डारी ७ रन, आरिफ शेख ५ रन, करण केसी २, सन्दीप लामिछाने १ र सुशन भारी शून्यमै आउट भएपछि नेपालको इनिङ दुई बलअगावै समेटियो। अन्तिम ओभरमा नेपाललाई २३ रन आवश्यक थियो। तर, सार्भिनले मुनियन्दीले तीन विकेट लिँदै कुनै रन नदिई नेपालको इनिङलाई दुई बलअगावै समेटे। मुनियन्दीले सर्वाधिक चार विकेट लिँदा खिजार हायत, पवनदपी सिंह र इजाद इद्रुसले समान २/२ विकेट आफ्नो नाममा लेखाए।

यसअघि सन् २००९ मा युएईमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा मलेसियासँग नेपालले ६ विकेटको हार बेहोरेको थियो। त्यसयता, मलेसियाविरुद्ध हाबी हँदै आएको नेपालले एक दशकपछि खराब नतिजा सामना गर्‍यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खराब सुरुआत गरेको मलेसियाले १५–२ विकेटको अवस्थामा थियो। त्यसपछि भने मलेसियाका ब्याट्सम्यान समालिएर ब्याटिङ गर्दै अन्तिम ओभरसम्म नेपाली बलरलाई दबाबमा राखे। सइद अजिज मुबारकले ५१ रनको अविजित इनिङ खेल्दा नेपालले कठिन लक्ष्य पाएको थियो।
त्यसअघि अनवर अरुद्दिनले ३१ रन, मोहमद नुरले ३० रन र अमिनुद्दिन राम्लेले २९ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने सर्वाधिक ३ विकेट लिए। उनी पहिलो सफलता लिँदै ट्वान्टी–२० मा करियरमा सय विकेट लिने पहिलो नेपाली खेलाडी बने। सन्दीपले १ सय २ विकेट पूरा गरेका छन्। अविनाश बोहराले २ र करण केसीको नाममा एक विकेट लिँदै अन्य बलर विकेटविहीन भए। नेपालले आइतबार हङकङसँग खेल्नेछ।

शनिबारै सम्पन्न अर्को खेलमा सिंगापुरले आयोजक थाइल्यान्डमाथि ४३ रनको सानदार जित निकाल्यो। १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड एक ओभर बाँकी रहँदै ९६ रनमा अलआउट भयो। सिंगापुरले मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने पराजित आयोजक थाइल्यान्डले आइतबार मलेसियासँग खेल्नेछ। यसअघि सन् २००९ मा युएईमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा मलेसियासँग नेपालले ६ विकेटको हार बेहोरेको थियो। त्यसयता, मलेसियाविरुद्ध हाबी हँदै आएको नेपालले एक दशकपछि खराब नतिजा सामना गर्‍यो।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:१८ आइतबार

क्रिकेट सन्दीप_लामिछाने हार