खेल

पाथीभरा महिला हाफ म्याराथनको उपाधि सुनमायालाई

ताप्लेजुङ - ताप्लेजुङमा भएको हाफ महिला पाथीभरा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन्। त्रिभुवन आर्मीका सरिता बासी दोस्रो भएकी छन्।

फुङ्लिङको पाथीभरा चोकबाट सुरु भई नगर परिक्रमापछि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर तोक्मेस्थित भीमकाली गुल्मको खेल मैदान आइपुग्दाको करिव २७ किलोमिटर दुरीमा महिला हाफ म्याराथन भएको थियो। महिला हाफ म्याराथनका बिजेताले नगद ८१ हजार १११ रुपैंया, द्धितिय हुनेले नगद ५१ हजार १११ रुपैंया र तृतिय हुनेले ३१ हजार १११ रुपैंया पाउने छन्। दौड बिहान ७ः५० बजे सुरु भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७६ ०५:५२ मंगलबार

पाथीभरा_म्याराथन