खेल

आइटिफ तेक्वान्दो एकेडेमी पहिलो

बनेपा – एघारौं राष्ट्रिय तेक्वान्दो जुनियर आइटिएफ च्याम्पियनसिप प्रतियोगितामा आयोजक आइटिफ तेक्वान्दो एकेडेमी पहिलो भएको छ।

बनेपाको लायकु मञ्चमा दुई दिनसम्म सञ्चालित प्रतियोगितामा आयोजक एकेडेमी ९ स्वर्ण पदकसहित पहिलो भएको आयोजक समितिका संयोजक राजमन्दिर श्रेष्ठले जानकारी दिए। यस्तै, ९ स्वर्ण र ७ रजत पदकसहित प्रदेश नम्बर ५ दोस्रो भयो। प्रतियोगितामा ७ स्वर्ण र ३ रजत पदकसहित बागमती प्रदेश तेस्रो भयो।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने सुदूरपश्चिम प्रदेशलाई अनुशासित टोलीको उपाधि दिइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जितेका युनिष गौतमले पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड पाए। महिलातर्पm बागमती प्रदेशकी रश्मि पुलामीमगर उत्कृष्ट भइन्। रश्मिले प्रतियोगितामा कुल ४ स्वर्ण जितेकी थिइन्।

प्रतियोगितमा आयोजकसहित सातै प्रदेश गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले विजयी खेलाडीलाई पुरस्कृत गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:३७ सोमबार

तेक्वान्दो