खेल

शुक्रबार अन्तर्राष्ट्रिय रेस्लिङ

काठमाडौं – हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसन र राइनस नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने भएको छ।

 नेपाल भ्रमण वर्ष २०२० को प्रचारका साथ यस खेलका बारे जनमानसमा जानकारी गराउनका लागि समेत प्रतियोगिता आयोजना गरिएको हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनका अध्यक्ष तथा प्रतियोगिता संयोजक प्रो रेस्लर  दी भरत बहादुर विरुसाल (हिमालयन टाइगर) ले बताए। राइनसकोट, मोहरिया, लमजुङमा एक दिन मात्र चल्ने प्रतियोगितामा नेपाल,जापान, भारत र अस्ट्रेलियाका पुरुष र महिला खेलाडी गरी कुल १२ खेलाडीको सहभागिता रहने र प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी आउन थालिसकेको प्रतियोगिता संयोजक भरत विरुसालले बताए।

प्रतियोगितामा नेपालको तर्फबाट हिमालयन टाइगर, अजिंगर, मिस्टर यती, स्कोरपियन, महिला रेस्लर युनिका, जुरेली, अस्ट्रेलियाका हाइपोटोनिक क्रस, जापानबाट फुगो फुगो भारतबाट बलियान अकीको समेत सहभागिता रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:०५ बिहीबार

रेस्लिङ आयोजना प्रतियोगिता