खेल

सावित्राको टोली गोकुलम च्याम्पियन

काठमाडौं – नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलमा शुक्रबार गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि जितेको छ।

बैङ्गलोरमा शुक्रबार सम्पन्न फाइनलमा गोकुलम केरेलाले क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दा सावित्राको गोल निर्णायक बनेको हो। विजयी गोल गरेकी नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी भारतको हिरो महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ता पनि बनेकी छन्।

च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलबाट १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन्। सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले एक लाख भारतीय रुपैयाँ प्राप्त गरिन्। गर्त वर्ष सेथुलाई च्याम्पियन बनाउँदा सावित्राले १५ गोल गरेकी थिइन्।

गोकुलम केरेलालाई हिरो महिला लिग फुटबलको उपाधि दिलाउन सफल सावित्राले ७ खेलबाट १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितिन्।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:१३ शनिबार

फुटबल महिला_लिग च्याम्पियन