खेल

नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य

काठमाडौं - आइसिसी   विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २४९ रन बनाएको हो। नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए।

त्यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८ र सुवाश खकुरेलले २२ रन बनाए। 

 

प्रकाशित: २६ माघ २०७६ ०७:१३ आइतबार

आइसिसी_विश्वकप_लिग-२ नेपाल_ओमान