खेल

अमेरिकामाथि नेपालकाे पहिलाे जित

काठमाडौं- आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिकाविरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो।

त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्‍यो। टस जितेर पहिले फिल्डिङ गरेको अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य दिएको थियो। अमेरिकालाई ४४ औं ओभरको पहिलो बलमा अलआउट गर्दै नेपालले जित दर्ता गरेको हो। नेपालका लागि करण केसीले ४, सुशन भारीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए। यस्तै कुशल मल्लले १ विकेट लिए। अमेरिकाका लागि इयान होलान्डले अर्धसतकिय पारि खेल्दै ७५ रन जोडेपनि टोलीको हार टार्न सकेनन्।  

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले अन्तिम ओभरको दोस्रो बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो। नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतक प्रहार गर्दै इनिङ्स उकासेका थिए। विनोदले ६२ बलमा ५१ रन बनाए। कुशलले डेब्यु खेलमै कुशलले पहिलो अर्धसतक प्रहार गर्दै ५० रन जोडे। कुशलको अर्धसतकले विश्व कीर्तिमान समेत बनाएको छ। सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन्।

आजको खेलमा ज्ञानेन्द्र मल्ले २१, पारस खड्काले १९ र करण केसीले १२ रन बनाएका थिए। अमेरिकाका लागि क्यामरुन स्टेभेनसनले ३ तथा रुस्ती थोरेन र कप्ता सौरभ नेत्राभाल्करले समान २—२ विकेट लिए। जितसँगै नेपालले दुई खेलबाट २ अंक जोडेको छ। लिग अन्तर्गत १० खेलबाट १२ अंक जोडेको अमेरिका रनरेटका आधारमा शीर्ष स्थानमा कायमै रहेको छ। ओमान ८ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। सन् २०२३ मा हुने विश्वकप छनोटका रुपमा हेरिएको लिगमा नेपालले अब ओमान र अमेरिकासँग एक÷एक खेल खेल्ने छ।

प्रकाशित: २५ माघ २०७६ ११:४२ शनिबार

आइसीसी_विश्वकप_क्रिकेट_लिग-२