खेल

लुम्बिनी खुकरी क्लबलाई उपाधि

विजेता लुम्बिनी खुकरी क्रिकेट क्लबका खेलाडी । तस्बिर : नागरिक

भैरहवा -  भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ। गत वर्षको विजेता लुम्बिनीले फाइनलमा बुटवल– ११ क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै आठौं पटक उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङ गरेकोे बुटवल– ११ ले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। ९८ रनको लक्ष्य पाएको लुम्बिनीले  १९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रन बनाएपछि उपाधि हात पारेको हो। जितका लागि लुम्बिनीका प्रज्वल थापाले सर्वाधिक नटआउट ४७ रन बनाए। ६ चौका र १ छक्काको मद्दतले ५८ बलमा थापाले सो रन बनाएका थिए। त्यस्तै सन्दीप रजालीले ३५ बलमा ३३ र निश्चल चौधरीले १२ रनको योगदान गरे। बलिङतर्फ बटुवल– ११ का देवेन्द्र सोमरे र सुधन श्रेष्ठले समान १ विकेट लिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान  लुम्बिनी खुकरीकै शंकर राना भए। उनले २० हजार रुपैयाँ प्राप्त गरे।

पहिलो पारी खेल्दै बुटवल ११ का ईशान पाण्डेले २१, तौसिफ आलम र सुशान तिमिल्सिनाले १७ र देवेन्द्र सोमरेले १२ रन बनाए पनि जित हात पार्न सफल नभएपछि उपविजेतामा चित्त बुझाए। बलिङमा लुम्बिनी खुकरीका लालबहादुर अधिकारीले ४, अजय लोनियाले ३, शहबाग आलमले २ र धीरज शाहीले १ विकेट लिए। फाइनल खेलमा लुम्बिनी खुकरीका लालबहादुर अधिकारी म्यान अफ दी म्याच घोषित भए।

गत वर्षको विजेतासमेत रहेको लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले ८० हजार रुपैयाँ, उपविजेता बुटवल– ११ ले ४० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनीहरूलाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कृत गरे।  त्यस्तै बेस्ट बलर लुम्बिनी खुकुरी क्रिकेट क्लबका अजयकुमार लुनिया र उदीयमान खेलाडी मेलबोर्न क्रिकेट क्लबका सन्तोष  यादवले जनही ५ हजार रुपैयाँ प्राप्त गरे। भैरहवामा २०५४ सालदेखि निरन्तर हुँदै आएको रूपन्देही प्रिमियर लिग पुस २५ गतेदेखि सञ्चालन भइरहेको थियो।

प्रकाशित: २० माघ २०७६ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App