खेल

रियाल शीर्षमा

मड्रिड – रियाल भालाडोलिडलाई १–० ले स्तब्ध बनाउँदै रियाल मड्रिड आइतबार गत अक्टोबरपछि पहिलो पटक ला लिगाको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध भएको फाइदा उठाउँदै चिर परिचित प्रतिद्वन्द्वी रियाल  शीर्ष स्थानमा फर्किंदा भालाडोलिडविरुद्ध संघर्षपूर्ण जित निकाल्यो।

जासे जोरिल्ला मैदानमा रियाल आइतबार पनि झन्डै गोलरहित हुन पुगे पनि अन्तिम १२ मिनेट बाँकी छँदा नाचोले गोल गरेका थिए। त्यो सफलतासँगै जिनेदिन जिदानको टोली मड्रिडले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध तीन अंकको अग्रता लिएको छ।

नयाँ प्रशिक्षक क्विके सेटियनलाई भिœयााएको बार्सिलोना गत शनिबार भ्यालेन्सियासँग २–० ले स्तब्ध भएपछि रियालले त्यसको फाइदा उठायो। रियालले ला लिगाको आगामी खेलमा आफ्नै सहरको प्रतिद्वन्द्वी एथ्लेटिकोविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। लिगको पाँचौं स्थानमा रहेको एथ्लेटिको रियालभन्दा १० अंकले पछि छ। एथ्लेटिकोले आइतबार लेगानेसविरुद्ध गोलरहित बराबरी खेलेको थियो।

एथ्लेटिकोलाई यस पटक गत स्पेनिस सुपर कपको फाइनलमा रियालसँगको हारको बदला लिने अवसरसमेत छ। साउदी अरबमा सम्पन्न फाइनलमा एथ्लेटिको रियालसँग पेनाल्टी सुटआउटमार्पmत ४–१ ले स्तब्ध भएको थियो। पछिल्ला खेलमा रियालले उत्कृष्ट लय जारी राखेको छ। ब्राजिल र रियालका पूर्वस्टार रोनाल्डोले खरिद गरेको क्लब रियाल भालाडोलिड रेलिगेसनबाट बच्न संघर्षरत छ।

भालाडोलिडले यस सिजन लिगका पछिल्ला १२ खेलमा एक मात्र जित निकालेको छ। कुल १९ खेल सकिँदा चार जित निकालेको भालाडोलिड १६औं स्थानमा रहँदा रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले माथि छ। आइतबार रियालसँगको खेलमा पनि भालाडोलिड भाग्यामानी साबित हुँदा एक गोल अफसाइड र सुरुआतमै रातो कार्ड बेहोर्नबाट बचेको थियो।

भालाडोलिडका जोए क्विन फर्नान्डेजले रियालका रोड्रिगोविरुद्ध दुवै खुट्टाले खराब ट्याकल गरे पनि रेफ्रीले उनलाई पहेंलो कार्ड मात्र देखाए। रियालका खेलाडीले रातो कार्डका लागि अपिल गरे पनि रेफ्रीले अस्वीकार गरिदिए। कासेमिरोले १२औं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाए पनि भारमार्पmत त्यो अफसाइडको निर्णय भएपछि भालाडोलिडको संकट टरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोक्दै रियालको बलियो रक्षापंक्तिले सशक्त खेल प्रस्तुत ग¥यो।  रियालका गोलकिपर थियाबाउट कोर्टोइसले भालाडोलिडका राउल गार्सियाको क्रसमा डेनी मिकेलको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए। दोस्रो हाफमा रियालले दोस्रो हाफमा पनि तुलनात्मक रूपमा आक्रमण बढाएको थियो।  रियलका रोड्रिगो र बेन्जेमाले दुई पटक गोल अवसर गुमाएका थिए।

यद्यपि, खेलको अन्तिम १२ मिनेट भने भालाडोलिड समालिन सकेन। ७८औं मिनेटमा टोनी क्रुसको क्रस पासलाई नाचोले हेडमार्पmत गोलमा परिणत गराएका थिए। त्यो गोलसँगै नाचोले टचलाइनमा रहेका आफ्ना प्रशिक्षक जिदानसँग अंकमाल गर्न पुगेका थिए। खेलको अन्तिम समयमा भालाडोलिडले बराबरी गर्ने अवसर चुकाएको थियो। सर्जी ग्वार्डिओला गोल गर्ने सहज अवसरमा भए पनि उनी असफाइडमा रहन पुगेपछि रियाललाई राहत मिल्यो।

 
 

प्रकाशित: १४ माघ २०७६ ०१:३७ मंगलबार

रियाल_भालाडोलिड ला_लिगा