खेल

एपिएफ च्याम्पियन

काठमाडौं – सशस्त्र प्रहरी बलको एपिएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ।

कुल पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको एपिएफले एक लाख रुपैयाँ नगद पुरस्कार पायो। ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा आर्मी तीन स्वर्णसाथ दोस्रो भयो। आर्मीले ५० हजार नगद पुरस्कार हात पा-यो। पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए। स्वर्णबापत दुवैले छुट्टै जनही ३० हजार रुपैयाँ नगद पुरस्कार पनि पाए। भाटभटेनीले अनुशासित टिमको उपाधि हात पा-यो भने मार्चपासमा एपिएफ उत्कृष्ट बन्यो। ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो भए।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वसांसद मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मीनकृष्ण महर्जन र आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनलगायतले पुरस्कृत गरे।

तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८/८ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रकाशित: ६ माघ २०७६ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App