खेल

आर्मी र एपिएफको विजयी सुरुआत

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्ध स्पाइक गर्दै एपिएफकी पूजा चौधरी ।

काठमाडौं – विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाँचौं आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा महिलातर्पm शनिबार समूह ‘ए’ मा आर्मी र एपिएफले जित निकाल्दै सेमिफाइनलमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ। दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि सोझो सेटमा जित निकालेको थियो। नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपअन्तर्गत दोस्रो दिन एपिएफले जावलाखेललाई २५–४, २५–८, २५–८ ले सहजै हरायो।

आर्मीले पनि भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) माथि ३–० को सेट सोझो सेटमै जित निकाल्यो। आर्मीले भरतपुर मेट्रो खेलकुद परिषद्लाई २५–८, २५–२०, २५–१० ले पराजित ग-यो। कुल चार टोली सम्मिलित यस समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। आइतबार एपिएफले भरतपुर मेट्रो खेलकुद परिषद्विरुद्ध चुनौती प्रस्तुत गर्दा आर्मीले जावलाखेलसँग दोस्रो खेल खेल्नेछ।

अर्को समूह ‘बी’ मा होङग्वान्जी न्यु डायमन्डले नेपाल पुलिस क्लबविरुद्ध जित निकाल्दै तीन टोली सम्मिलित समूहमा सेमिफाइनलको सम्भावना बलियो बनाइसकेको छ।  शनिबार नै भएका पुरुषतर्पmको खेलमा नयाँ बजार सामाजिक युवा क्बल र नेपाल पुलिसले जित निकाले। समूह ‘ए’ को नयाँ बजारले आरजी भलिबल ग्रुपलाई २५–२०, २५–१६, २५–१८ ले सोझो सेटमा स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

तीन टोली सम्मिलित समूह ‘ए’ मा आरजी भलिबल ग्रुपले दोस्रो हार बेहोरेसँगै आर्मी र नयाँ बजारले एक खेल बाँकी छँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। तीन टोली रहेको समूह ‘सी’ मा पुलिस क्लबले पार्वती भलिबल क्लबबाट वाक ओभर प्राप्त ग-यो। एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि नै पुलिस र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा पुग्न सफल भए।

दुई टोली मात्र रहेको समूह ‘डी’ का खेल हुनुअघि नै बुद्ध टोल भलिबल क्लब र हेल्प नेपालले क्वार्टरफाइनलमा पुग्ने अवसर पाए। बुद्ध टोल र हेल्प नेपालले समूह विजेताका लागि मात्र खेल्नेछन्। आइतबार पुरुषतर्फ पार्वती भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबीच तेस्रो दिन पहिलो खेल हुने तय भए थियो। तर पार्वतीको सहभागिता नभएपछि प्रतिस्पर्धा हुने छैनन्। दोस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र बुद्ध टोल युवा भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि नै पुलिस र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा पुग्न सफल भए।

प्रकाशित: ५ माघ २०७६ ०१:५२ आइतबार

प्रतियोगिता क्वार्टरफाइनल भलिबल