खेल

डिभिजन ‘ए’ मा न्यु होराइजन

म्यान अफ दी म्याच कृष्ण पराजुलीलाई पुरस्कृत गर्दै व्यवसायी राजु थापा ।

भैरहवा - भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘बी’ अन्तर्गत बुधबार न्यु होराइजन क्रिकेट क्लब बुटवल विजयी भएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा  ज्ञानोदय क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै न्यु होराइजन डिभिजन ‘ए’ मा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले २१ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६ रन मात्र बनाएको थियो। जसका लागि भुवन गैरेले सर्वाधिक ७ रनको योगदान गरे। बलिङमा न्यु होराइजनका कृष्ण पराजुलीले ३, शक्ति गौचन र गोविन्द केसीले २/२ तथा मौसम ढकाल र बाबुराम क्षत्रीले १/१ विकेट लिए। जबाफमा न्यु होराइजनले झीनो लक्ष्यलाई ३ दशमलव ४ ओभरमा पूरा ग-यो। जसका लागि निर्मल थापा र मनीष थापाले नटआउट ९/९ रनको योगदान गरे।

बलिङमा ज्ञानोदयको तर्फबाट कसैले विकेट लिन सकेनन्। खेलमा न्यु होराइजनका कृष्ण पराजुली म्यान अफ दी म्याच घोषित भए। बिहीबार स्टार क्रिकेट क्लब ओमसतिया र जितगढी क्रिकेट क्लब बेल्बासबीच खेल हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २ माघ २०७६ ०१:४८ बिहीबार

रंगशाला क्रिकेट