खेल

बराबरीले जोगियो मनाङको शीर्षता, मैदानमै खेलाडीबीच हात हालाहाल

काठमाठौं – खेल सकिएपश्चात् तानवपूर्ण स्थिति सिर्जना भएको खेलमा कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार मानिएका मच्छिन्द्र र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार निकै प्रतिस्पर्धात्मक खेलमा दुवै अपराजित टोली मच्छिन्द्र र मनाङले २–२ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन्। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनाङका विमल रानाले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै मच्छिन्द्रको लक्ष्य पूरा हुन दिएनन्। ७९औं मिनेटमा रन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका विमलले गोल गर्दै आफ्नो टोलीको हार टारेका थिए।

नेपाली टोलीका पूर्वसदस्यसमेत रहेका मनाङका जगजित श्रेष्ठले मच्छिन्द्रका दीपक राईमाथि दुव्र्यवहार गरेपछि सुरु भएको तनावले उग्र रूप लियो। तर, बृहत् मात्रामा तैनाथ सुरक्षा गार्ड र एन्फा पदाधिकारीले स्थिति साम्य पारेका थिए। त्यसअघि खेल अवधिभर भने दुवै टोलीले रोमाञ्चक खेल प्रदर्शन गरेका थिए। खेल अवधिभर मनाङमाथि पूर्ण हाबी भए पनि स्पष्ट जित निकाल्न नसक्दा मच्छिन्द्र लिगतालिकाको दोस्रो स्थानमै खुम्चियो।

मच्छिन्द्रले ६६ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि मनाङबाट स्पष्ट जित भने खोस्न सकेन। मच्छिन्द्रले आठ पटक उत्कृष्ट आक्रमण बुन्दा मनाङले पनि पाँच पटक राम्रो अवसर सिर्जना ग¥यो। मनाङ तुलनात्मक रूपमा बलियो मच्छिन्द्रविरुद्ध एक अंक निकाल्दै लिगको शीर्ष स्थानमै कायम रह्यो। समान पाँच खेलमा मनाङ र मच्छिन्द्रले समान तीन जित र दुई बराबरीको नतिजा सामना गरे।

यस सिजन दुवै टोलीले समान ११ अंक बटुले पनि गत संस्करण रेलिगेसनबिनाको लिगमा पुछारबाट अन्तिम दुई स्थानमा रहेकाले मच्छिन्द्रको अंकतालिकाबाट एक अंक घटाइएपछि दोस्रो स्थानमा खुम्चियो। खेलको सुरुआतमै पछि परेको मच्छिन्द्र दोस्रो हाफमा भने दुई गोल गर्दै जितनजिक पुगे पनि अन्तिम समय समालिन नसक्दा हार बेहोर्न बाध्य भयो। खेलको दोस्रो मिनेटमा नै मनाङले फेमी जोसुअ आडेवुमीको गोलबाट अग्रता लियो।

अखिल नेपाल फुटबल (एन्फा) को प्रतिबन्धपछि यस सिजनको लिगमा पहिलो खेल खेलेका अन्जन विष्टको क्रसलाई फेमीले हेडरमार्पmत गोलमा परिणत गराए। २१औं मिनेटमा रञ्जित धिमालको क्रसमा आडेलाजा सोमिडेले सिक्स यार्डनजिकबाट गरेको हेडरले सही दिशा लिन सकेन। एकपछि अर्को आक्रमण बुनेको मच्छिन्द्रले ३१औं मिनेटमा अवसर खेल फाल्यो।

विशाल राईको फ्रि किकमा पिटर सेगुनको प्रहार मनाङका गोलकिपर दीप कार्कीले पन्च गरिदिए। मच्छिन्द्रका अभिषेक रिजालले ३८औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार दीपले सहजै रोके। ४२औं मिनेटमा रञ्जित धिमालको क्रसमा अभिषेकको हेडरले पोस्टको दिशा लिन सकेन। पहिलो हाफको थप समयमा रेजिन सुब्बाले मच्छिन्द्रलाई खेलमा फर्काउने अवसर गुमाउँदा मनाङले अग्रता कायमै राख्यो।

तर, मच्छिन्द्र ४६औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट १–१ को बराबरीमा पुग्यो। ७१औं मिनेटमा विशाल राईको फ्रिकिक प्रहारलाई गोलकिपर दीपले पन्च गर्दै मनाङको संकट टारे। ८०औं मिनेटमा पनि विशालको नजिकैबाट बाइसाइकल किकले दिशा लिन सकेन। यद्यपि, ८१औं मिनेटमा भने एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए। गोलकिपर दीप अगाडि बढेको अवस्थामा सोमिडले ओभर हेड गर्दै खाली पोस्टमा गोल गरेका थिए।

त्यससँगै मच्छिन्द्र जितनजिक पुगेको आकलन गरिए पनि अन्तिम समय समालिन सकेन। ८८औं मिनेटमा मनाङका विमल रानाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। गोलकिपर विशाल श्रेष्ठ र डिफेन्डरबीच तालमेल नमिल्दा मच्छिन्द्रले गोल बेहो¥यो। जगजित श्रेष्ठको क्रसमा विशालले फितलो पन्च गरेपछि रिबाउन्ड बललाई विमलले नजिकैबाट गोलमा परिणत गराए। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बराबरीको नतिजा प्राप्त हुनु दुःखलाग्दो भएको बताए ।

‘तीन अंक पाउने स्थिति थियो। तर एक अंक मात्र पायौं, त्यसैले दुःखी छु। हामीले पूर्ण रूपमा दबाब बनाए पनि फिनिसिङ राम्रो गर्न सकेनौं,’ कटवालले भने, ‘सुरुमै गोल बेहोर्दा रणनीतिअनुसार खेलाडीले खेल्न सकेनन्। दोस्रो हाफमा सुधारे पनि अन्तिम समय गोलकिपर र डिफेन्सबीच तालमेल नमिल्दा बराबरीमा चित्त बुझाउनुप¥यो।’ मनाङका प्रशिक्षक धनेश्वर प्रजापति आफूहरूको रणनीति सफल भएको बताउँदै बराबरीको नतिजामा सन्तुष्ट देखिए। ‘मच्छिन्द्रको दुई साइडबाट हुनसक्ने खतरालाई रोक्न सफल भयौं। रञ्जित धिमाल र विराज महर्जनलाई रोक्ने रणनीति सफल भयो,’ प्रजापतिले भने।

खेलपछि तानवग्रस्त
मच्छिन्द्र र मनाङको निकै प्रतिस्र्धात्मक खेलसँगै बराबरीको नतिजा लगत्तै मैदानमा एक समय तनावको स्थिति सिर्जना भयो। खेल सकिएपछि दुवै टोलीका खेलाडी झगडामा उत्रिएका थिए। दुवै टोलीका खेलाडीबीच हात हालाहालको स्थितिमा पुगेपछि सुरक्षाकर्मी र एन्फा पदाधिकारीलाई स्थिति साम्य गर्न धौधौ परेको थियो।

उक्त झगडामा दुवै टोलीका अफिसियल पनि सामेल हुँदा स्थिति झनै उग्र बनेको थियो। केही अफिसियलले भने स्थिति सामधान गर्ने प्रयास गरे। उक्त तनावपूर्ण स्थितिका क्रममा रेफ्री श्रवण तामाङले खेल भावनाविपरित गतिविधिका कारण मनाङका वैकल्पिक गोलकिपर अशोक बराललाई रातो कार्ड देखाएका थिए।

नेपाली टोलीका पूर्वसदस्यसमेत रहेका मनाङका जगजित श्रेष्ठले मच्छिन्द्रका दीपक राईमाथि दुव्र्यवहार गरेपछि सुरु भएको तनावले उग्र रूप लियो। जसमा टोलीका अफिसियल र वैकल्पिक खेलाडी मैदान प्रवेश गरेर तनाव स्थिति सिर्जना गर्न पुगेका थिए। समूहसमूहमा खेलाडीबीच हानहानको प्रयास हुँदा बृहत् मात्रामा तैनाथ सुरक्षा गार्डले स्थिति साम्य पारेका थिए।

जावलाखेलको अपराजित यात्रा
लिगमा अपराजित तेस्रो टोली जावलाखेल युथ क्लबले सोमबार न्युरोड टिम (एनआरटी) गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले एनआरटीसँग बराबरी खेलेपछि एक समयका लागि अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर गुमायो।

पाँच खेलबाट जावलाखेल दुई जित र तीन बराबरीपछि ९ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। समान खेलबाट एनआरटी २÷२ जित र हार तथा एक बराबरीसहित  आठौं स्थानमा छ। दुवै टोलीले गोल अवसर बनाए पनि गोल गर्न चुकेका थिए। खेलको १६औं मिनेटमा डी बक्सबाहिरबाट जावलाखेलका ड्याडी जुनियरको प्रहार अकासिएको थियो। जावलाखेलले २६औं मिनेटमा अर्को अवसर गुमायो।

सुजित बुढाथोकीको फ्रिकिकमा डाम्बियाको हेडर पहिलो बारनजिकैबाट बाहिरिएपछि जावलाखेलले अवसर गुमायो। एनआरटीका कप्तान प्रकाश बुढाथोकीले ३२औं मिनेटमा गरेको फ्रिकिक प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै टुङ्गियो। दोस्रो हाफमा दुवै तर्पmबाट गोल प्रयास भए पनि सफल भएन। दोस्रो हाफमा भने जावलाखेलविरुद्ध एनआरटीले सुधारिएको प्रदर्शन ग-यो।

७४औं मिनेटमा एनआरटीका कप्तान प्रकाशको फ्रिकिक जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारेका थिए। त्यसपछि दुवैतर्पmबाट खासै लोभलाग्दा अवसर बन्न सकेन र खेल बराबरीमै टुङ्गियो। खेलमा म्यान अफ दी म्याच जावलाखेलका कप्तान कुलदीप कार्की चुनिए।

प्रकाशित: २२ पुस २०७६ ०१:१० मंगलबार

‘ए’_डिभिजन_लिग दशरथ_रंगशाला