खेल

अस्ट्रेलियालाई शृंखला

मेलबर्न – नाथन लियोनले ४ विकेट लिएसँगै अस्ट्रेलियाले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई २ सय ४७ रनले पराजित गर्दै तीन टेस्टको शृंखला २–० ले जितेको छ। टेस्टमा फर्कन ४ सय ८८ रनको विशाल लक्ष्यका साथ मैदान उत्रिएको भ्रमणकारी टोली न्युजिल्यान्डले २ सय ४० रनमा अलआउट भएसँगै अस्ट्रेलियाले शृंखला जितेको हो। ओपनर टम बल्नडेलले शतक पूरा गरे पनि आफ्नो टोलीको हार भने टार्न सकेनन्।

दोस्रो इनिङमा ३२ रन जोड्दा ओपनर टम लाथमलाई  गुमाएको न्युजिल्यान्डले थप १ रन जोड्दा कप्तान केन विलियम्सनलाई समेत गुमायो। रस टेलरले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन्। लाथम ८ रनमा आउट भएका थिए भने विलियम्सनले रन खातासमेत खोल्न सकेनन्। टेलरले पनि २ रन मात्र जोड्न सके।

३५–३ को स्थितिमा बल्नडेलले चौथो विकेटका लागि हेनरिक निकोल्ससँग ५४ रनको साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ उकास्ने प्रयास गरेका थिए। ५२ बल खेलेका निकोल्सले ३ चौका र १ छक्काको मद्दतमा ३३ रन जोडे। त्यस्तै उनले बिजे वाट्लिङसँग पाँचांै विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। वाट्लिङले ६३ बलमा ३ चौकाको मद्दतमा २२ रन जोडे। निकोल्स र वाट्लिङ पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका कोलिन डी ग्रान्डहोमले पनि मात्र ९ रन जोड्न सके।

बल्नडेलले साताैं विकेटका लागि मिचेल सान्टनरसँग ४० रनको साझेदारी गरेका थिए। बल्नडेलले २ सय १० बलमा १५ चौकाको मद्दतमा १ सय २१ रन बनाए भने सान्टनरले ४६ बलमा ५ चौकाको मद्दतमा २७ रन जोडे। पहिलो टेस्टमा पनि भ्रमणकारी टोली  न्युजिल्यान्डले अस्ट्रेलियालाई २ सय ९६ रनको नतिजा सुम्पिएको थियो। तेस्रो तथा अन्तिम टेस्ट यसै साताको अन्त्यमा सिड्नीमा सुरु हुनेछ।

‘यो निकै सुखद नतिजा हो, जुन प्रकारको प्रदर्शन हामीले ग¥यौ त्यो तारिफ योग्य छ,’अस्ट्रेलियाका कप्तान टिम पायनेले भने, ‘सुरुआती दिनबाटै हाम्रा ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे र हामीले खेलमा दबाब बनाउन सफल भयौं।’ यसअघि १३७–४ बाट चौथो दिनको खेल सुरु गरेको अस्ट्र«ेलियाले १६८–५ मा दोस्रो इनिङ समाप्तिको घोषणा गर्दै न्युजिल्यान्डलाई जितका लागि ४ सय ८८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

‘हामीले टस जितेर बलिङ रोज्ने निर्णय नै गलत भयो,’ न्युजिल्यान्डका कप्तान विलियम्सनले भने, ‘हामी खेलको सुरुआतबाटै बलिङ, फिल्डिङ र ब्याटिङ सबै पक्षमा कमजोर रह्यौ।’ ‘हामी खेलको सुरुआतबाटै बलिङ, फिल्डिङ र ब्याटिङ सबै पक्षमा कमजोर रह्यौ।’

प्रकाशित: १४ पुस २०७६ ०१:३६ सोमबार

अस्ट्रेलिया टेस्ट