खेल

म्यानचेस्टर युनाइटेडको फड्को


लन्डन – इङ्लिस प्रिमियर लिगतालिकामा शीर्ष पाँचमा फड्को मार्दा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि जित रचेको दिन लेस्टर सिटीले पनि आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ। युनाइटेडले शनिबार बर्नलीको मैदानमा घरेलु टोलीमाथि २–० को जित निकालेको दिन लेस्टरसँग २–१ ले निरीह भएसँगै वेस्ट ह्यामका प्रशिक्षक म्यानुयल पेलिग्रिनीले पनि आफ्नो पद गुमाउनुपरेको छ। एन्थोनी मार्सियल र मार्कुस रसफोर्डको गोलप्रेरणाबाट लिगको शीर्ष चारनजिक पुगेको युनाइटेडले टोटेनह्याम हट्सपरलाई पनि पछि पारेको छ। टोटेनह्याम भने नर्विचसँग उसैको मैदानमा २–२ को बराबरीमा रोकिएको थियो।

बक्सिङ डेपछि लिभरपुलसँग फराकिलो हार बेहोरेको लेस्टरले वेस्ट ह्यामविरुद्धको खेलमा भने कुल ९ खेलाडी परिवर्तन गरेको थियो। सोही खेलमा लेस्टरसँग स्तब्ध भएपछि वेस्ट ह्यामले आफ्ना प्रशिक्षक पेल्लिग्रिनीलाई समेत बर्खास्त गरेको छ। लेस्टरले उक्त खेलमा आफ्ना स्टार खेलाडी जेमी भार्डेको अभाव महसुस गर्नु परेन। छोरीको बाबु बनेका कारण भार्डे खेलमा उपस्थित थिएनन्। साथै केलेची इयनाचो र डेमाराई ग्रे प्रिमियर लिगमा पहिलो रोजाइको अवसर सदुपयोग गर्न सफल भए।

‘सधैं अवसर पाइन्छ भन्ने हुँदैन। अवसरहरू मुस्किलले मात्र मिल्ने गर्छ। सोही समयमा आफूले उत्कृष्टता प्रदर्शनका साथै छाप देखाउनुपर्ने हुन्छ। त्यसपछि मात्र टोली विश्वस्त हुन सक्दछ,’ पेनाल्टी अवसरसमेत गुमाएका गे्रले भने। १२औं मिनेटमा वेस्ट ह्यामका गोलकिपर लुकास फाबियन्स्कीले ग्रेको पेनाल्टी प्रहार बिफल बनाएका थिए। वेस्ट ह्यामविरुद्ध जितपछि लेस्टर शीर्ष स्थानको लिभरपुलसँग १० अंकले मात्र पछि परेको छ। यद्यपि, लेस्टरले लिभरपुलभन्दा दुई खेल बढी खेलेका छ।

तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा एक खेल बढी खेलेका लेस्टरले सिटीसँग चार अंकको अग्रता बनाएको छ। पाब्लो फोर्नलले गोल फर्काउँदै वेस्ट ह्यामलाई पहिला हाफमा १–१ को बराबरी दिलाएका थिए। यद्यपि, त्यो गोलले पनि वेस्ट ह्यामको हार शृंखला रोकिएन। पछिल्ला ९ खेलमा वेस्ट ह्यामले सातमा पराजय सामना ग¥यो। लेस्टरविरुद्ध अंक गुमाएसँगै वेस्टह्याम रेलिगेसन क्षेत्रभन्दा एक अंकले मात्र माथि छ।

‘अब क्लबमा परिवर्तन आवश्यक भइसकेको छ भन्ने निर्णयमा पुग्यौं। क्लबलाई यही सिजन सही बाटोमा फर्काउनका लागि परिवर्तन गर्नुपर्ने थियो,’ वेस्टह्यामका अध्यक्ष डेविड सुलिभनले भने,‘त्यसैले नयाँ प्रशिक्षक खोजीमा हामी पुगेका हौं। छिटोभन्दा छिटो नयाँ प्रशिक्षक नियुक्त गर्दै लक्ष्यमा फर्किनेछौं।’  

यता, चौथो स्थानको चेल्सीसँग एक अंकको मात्र दूरी बनाउनका लागि म्यानचेस्टर युनाइटेडका मार्सियल र रसफोर्डले टर्पm मुरमा गोल गरेका थिए। आन्द्रेस परेराले केही अवसर गुमाउँदा मार्टियलले उत्कृष्ट फिनिस गर्दै पहिलो हाफमा सहज अग्रता दिलाएका थिए। दोस्रो हाफमा भने युनाइटेडले थप गोल गर्न सकेन। खेलको अन्तिम समय सकिएपछि मात्र युनाइटेडले स्पष्ट तीन अंक सुरक्षित गर्न सफल भयो।

‘स्पष्ट जितका लागि हामीले फराकिलो अग्रताको नतिजा प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै महŒवपूर्ण छ। यो नतिजाले निकै खुसी छौं,’युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने। यता, टोटेनह्यामले भने अझै पनि स्पष्ट अंकका लागि संघर्ष गरिरहेको छ। जोजे माउरिन्होको टोली टोटेनह्यामले रेलिगेसन क्षेत्रको पुछारमा अवस्थित नर्विचविरुद्ध रक्षात्मक खेल खेल्न बाध्य हुँदै निकै संघर्ष पनि गरेको थियो।

मारियो भ्रान्सिसको गोलबाट नर्विचले खेलेको सुरुआतमै अग्रता बनाएको थियो। टिमु पुकीले लगत्तै अर्को गोल गर्दै फराकिलो अग्रता दिलाए पनि रेफ्रीले अफसाइडको निर्णय दिएका थिए। तर क्रिस्चियन इरिक्सनको उत्कृष्ट फ्रिकिकमार्पmत टोटेनह्याम खेलमा फर्किएको थियो। सर्जी एउरियरको आत्मघाती गोल गरेपछि नर्विचले पुनः अग्रता लिने अवसर पाएको थियो।

तथापि खेल सकिन सात मिनेट बाँकी छँदा टोटेनह्यामले पेनाल्टीसँगै खेलमा फर्किने अवसर पायो। ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई २–२ को बराबरीमा फर्काए। ‘हामी दुई गोल खानुपर्ने अवस्थामा थिएनौं,’ माउरिन्होले भने,‘त्यस गोल हुनुपर्ने अवस्था नहुँदा समेत डिफेन्समा गल्ती हुँदा गोल भयो।’

कार्लो एन्सेलोट्टीको एभर्टनमा सुखद यात्रा जारी राख्दा न्युक्यासलमाथि २–१ को जित निकाल्यो। पछिल्ला समय लयमा रहेका डोमिनिक कालभर्ट लेविनले दुई गोल गरेका थिए। एभर्टनलाई लिगतालिकाको दशौं स्थानमा पु¥याउन २२ वर्षे लेविनले निकै नजिकैबाटै गोल गरेका थिए। क्रिस्टल प्यालेसले पनि स्पष्ट जित निकाल्ने अवसर गुमाउँदा साउथह्याम्पटनसँग १–१  गोलको बराबरीमा चित्त बुझाएको थियो।

जेम्स टोम्किन्सले गोल गर्दै अग्रता प्यालेसलाई अग्रता दिलाएका थिए। यद्यपि, डेनी इङ्सले गोल फर्काउँदै साउथह्याम्प्टनलाई हारबाट जोगाए। ब्राइटनले १४औं स्थानमा सुधार गर्दा बर्नमाउथमाथि २–० को जित निकालेको थियो। ब्राइटनका लागि एलिरेजा जाहाबक्स र आरोन मोयले गोल गरेका थिए। यो नतिजासँगै ब्राइटनले रेलिगेसन क्षेत्रबाट पाँच अंकले अग्रता बनाएको छ।

प्रकाशित: १४ पुस २०७६ ०१:२८ सोमबार

म्यानचेस्टर_युनाइटेड इङ्लिस_प्रिमियर_लिग