खेल

चितवन र विराटनगरको उपाधि दाबेदारी

सुमन चापागाई/शन्देश श्रेष्ठ
पोखरा - दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेटको एक मात्र अपराजित टोली चितवन राइनोज र विराटनगर टाइटन्स शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। सतप्रतिशत जितसहित फाइनलमा स्थान बनाएको चितवन आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ। यता, संघर्षका साथ उपाधि भिडन्त यात्रा तय गरेको विराटनगर भने लिग चरणमा भोगेको हारको बदला फाइनलमा लिने लक्ष्यका साथ मैदान उत्रिनेछ। शुक्रबारको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका छन्।

छ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको पिपिएलमा चितवन राइनोजले लिगमा सतप्रतिशत नतिजा आफ्नो बनाउँदै सीधै फाइनलमा स्थान बनाउँदा विराटनगर भने इलिमिनेटर राउन्डमा बुटवल ब्लास्टर्सलाई स्तब्ध बनाउँदै उपाधि भिडन्त पक्का गर्न सफल भयो। लिगमा बुटवल दोस्रो र विराटनगर तेस्रो स्थानमा थियो। चितवनका कप्तान पारस खड्काले अघिल्लो खेलमा देखाएको लयलाई फाइनलमा पनि निरन्तरता दिने बताए।

‘लिगमा राम्रो खेल्दै फाइनलसम्म यात्रा तय गरेका छौं। विराटनगर पनि खेलमा संघर्ष गर्दै फाइनलमा आइपुगेको छ,’पारसले भने, ‘उपाधिका लागि हुने प्रतिस्पर्धा रोमाञ्चक हुनेछ। दुवैको लक्ष्य उपाधि हो। अघिल्लो संस्करणको फाइनलमा पराजित भएकाले यसपटक उपाधिका जित्ने लक्ष्यका साथ खेल्नेछौं।’ उपाधि यात्रा तय गर्न निकै कठिन परिश्रम गरेको कप्तान खड्काले थपे।

‘चितवन राम्रो खेल्दै फाइनलमा प्रवेश गरेको हो। लिगका हरेक प्रतिद्वन्द्वी पनि बलिया नै थिए,’ कप्तान पारसले थपे,‘ तर हाम्रो टोलीले पनि निकै मिहिनत ग¥यो। फाइनलमा पनि गर्नेछौं र अघिल्लो संस्करणको फाइनलमा भोगेको पराजय बिर्सने प्रयास हुनेछ। अघिल्लो संस्करणभन्दा यसपटक नेपाली खेलाडीले राम्रो गरेको पारसको भनाइ छ।

साथै पिपिएलले पोखरमा क्रिकेटको संस्कृति बढाएको पारसको विश्वास छ। ‘पोखराको पिच निकै राम्रो छ,’ नेपाली खेलाडीको प्रदर्शन प्रशंसा पनि गर्दै पारसले थपे, ‘अघिल्लो संस्करणभन्दा यसपटक नेपाली खेलाडीको प्रदर्शन राम्रो छ। यस किसिमको प्रदर्शनबाट राष्ट्रिय टोलीमा पनि सघाउ पुग्दछ। साथै पिपिएलले विस्तारै पोखरामा क्रिकेटको माहोल बढाएको छ।’

संघर्षका साथ फाइनलमा स्थान बनाएको विराटनगरका कप्तान प्रदीप ऐरीले जतिसक्दो कम गल्ती गरेर बलियो प्रतिद्वन्द्वीविरुद्ध प्रदर्शन गर्ने बताए। ‘सुरुआत राम्रो नभए पनि इलिमिनेटर राउन्डमा राम्रो खेलेर फाइनल पुगेका छौं। त्यही लयलाई फाइनलमा पनि निरन्तरता दिन चाहन्छौं,’प्रदीपले भने,‘प्रतिद्वन्द्वीको खेलअनुसार रणनीति बनाएर चुनौती दिनेछौं।’ ब्याटिङ र बलिङ दुवै पक्षलाई सन्तुलित बनाउँदै फिल्डमा उत्रिने विराटनगरका कप्तान प्रदीपले प्रतिक्रिया दिए।

‘बलियो प्रतिद्वन्द्वी पाएका छौं, त्यसैले सहज हुनेछैन,’ प्रदीपले भने,‘तर हामीलाई नयाँ खेलाडीले पनि राम्रो साथ दिएका छन्। उनीहरूको लय फाइनलमा पनि निरन्तरता हुने आशा गरेका छौं।’ चितवनले लिगका सबै खेलमा जित्दा विराटनगर भने कुल पाँचमध्ये तीन जितसहित नेट रनरेटका आधार इलिमिनेटरमा पुगेको थियो। विराटनगरले इलिमिनेटरमा पनि बुटवललाई स्तब्ध बनाउँदै उपाधि भिडन्त पक्का गरेको हो।  

छ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको पिपिएलमा चितवन राइनोजले लिगमा सतप्रतिशत नतिजा आफ्नो बनाउँदै सीधै फाइनलमा स्थान बनाउँदा विराटनगर भने इलिमिनेटर राउन्डमा बुटवल ब्लास्टर्सलाई हराउँदै उपाधि भिडन्त पक्का गर्न सफल भएको हो।

चितवनको फाइनल यात्रा
प्रतिद्वन्द्वी    नतिजा
पोखरा पल्टन    ६ विकेटले विजयी
बुटवल ब्लास्टर्स    ११९ रनले विजयी
एक्सपर्ट धनगढी ब्लुज    ५२ रनले विजयी
विराटनगर टाइटन्स    १८ रनले विजयी
काठमाडौं गोल्डेन्स वारियर्स    ६० रनले विजयी

विराटनगर टाइटन्स
प्रतिद्वन्द्वी    नतिजा
एक्सपर्ट धनगढी ब्लुज    ५ रनले पराजित
पोखरा पल्टन    ४५ रनले विजयी
काठमाडौं गोल्डेन्स वारियर्स    ३६ रनले पराजित
चितवन राइनोज    १८ रनले पराजित
बुटवल ब्लास्टर्स    ४ विकेटले विजयी
बुटवल ब्लास्टर्स    २१ रनले विजयी (इलिमेनेटर राउन्ड)

प्रकाशित: १२ पुस २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App