खेल

वाम्बाको गोलमा जावलाखेललाई अंक, मनाङ शीर्षमा

काठमाडौं - जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्दा बिहीबार संकटा क्लबलाई बराबरीमा रोकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको दोस्रो खेलमा संकटालाई १–१ को बराबरीमा रोक्दै जावलाखेलले लिगमा अपराजित यात्रा कायमै राखेको हो। लिगको पहिलो खेलमै बलियो टोली थ्री स्टार गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथमाथि १–० को जित निकालेको थियो।

तेस्रो खेलमा पनि एक गोलले पछाडि परेको स्थितिबाट जावलाखेलले उत्कृष्ट पुनरागमन ग¥यो। ड्याडी वाम्बाले गोल फर्काउँदै जावलाखेलको हार टारेका थिए। त्यो गोल नै जावलाखेललाई अपराजित यात्रामा निरन्तरता दिन पर्याप्त बन्यो। खेलको सुरुआतमा जावलाखेलले लगातार दबाब बनाउँदै गोलको अवसर सिर्जना गरे पनि सफल हुन सकेन। यता, संकटाले भने पाएका अवसरलाई सदुपयोग गर्दै अग्रता लिएको थियो।

खेलको २३ मिनेटसम्म एकपछि अर्को आक्रामण बुनेको जावलाखेलका अफ्रिकन डिफेन्डर एडमा डौम्बिया घाइते हुँदै बाहिरिएपछि संकटाले दबाब बनाउन थालेको थियो। मैदानको मध्यभागमा बल हेड गर्ने प्रयास गर्दा डौम्बिया आफ्नै कप्तान कुलदीप कार्कीसँग ठोक्किएर घाइते हुन पुगेका थिए। नाकमा चोट लागेका डौम्बियाका स्थानमा दिलम लोक्ताम मैदान प्रवेश गरेका थिए।

मनाङको जितमा जगजित श्रेष्ठ नायक बनेका थिए। उनको गोल नै टोलीको जितका लागि पर्याप्त रह्यो।

जावलाखेलले तालमेल बिगारेपछि संकटाले त्यसको फाइदा उठाउँदै पोस्ट आक्रमण बुन्न थालेको थियो। संकटा तेस्रो प्रयासमा गोल गर्दै अग्रता बनाउन सफल भयो। ३६औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकबाट संकटाले अग्रता बनायो। करिब ३६ यार्ड टाढाबाट लक्ष्मणको लो फ्रिकिक प्रहारमा जावलाखेलका खेलाडी सजग नहुँदा बलले जाली चुमेको थियो।

त्यसअघि ३०औं मिनेटमा संकटाको उत्कृष्ट प्रहारलाई जावलाखेलका डिफेन्डरले गोलकिपर बिट भएको अवस्थामा क्लियर गर्दै संकट टारेका थिए। ३१औं मिनेटमा पनि संकटाले अर्को आक्रमण बुने पनि सफलता पाउन सकेन। तेस्रो प्रयासमा भने रुचालको गोलबाट संकटाले गोल गर्दै आफूमाथिको दबाबलाई कम गरेको थियो। खेल सुरु भएको १६ सेकेन्डमै जावलाखेलका ड्याडी वाम्बाले गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए।

पाँचौं मिनेटमा पेनाल्टी क्षेत्रको नजिकको दूरीबाट जावलाखेल गोल गर्न असफल भएको थियो। त्यसको तीन मिनेटपछि नै पेनाल्टी क्षेत्रमै अनमार्क फोडे फोफना र अरुज सिंहबीच अर्को अवसर गुमेको थियो। २०औं मिनेटमा सुजित बुढाथोकीले पेनाल्टी क्षेत्रमा दिएको पासमा अनमार्क रहेका फोफनाले फितलो प्रहार गर्दा जावलाखेल पुन अग्रता लिनबाट चुक्न पुग्यो।

३२औं मिनेटमा सुजित बुढाथोकीको लामो सट प्रहार माथिल्लो बारमा लागेर फर्किएपछि जावलाखेल पुनः अग्रता लिन असफल भयो। यद्यपि, संकटाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। ६८औं मिनेटमा जावलाखेलका ड्याडी कर्नर पासमा नजिकैबाट गोल गर्न असफल भए।

त्यसको तीन मिनेटपछि नै दिलन लोक्तमले पनि सहज अवस्थामा फितलो प्रहार गरेपछि जावलाखेल खेलमा फर्कन अभैm कुर्नुपरेको थियो। ७२औं मिनेटमा भने ड्याडीले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए। हरि कठायतको लामो फ्रिकिक प्रहारमा ड्याडीले हेडमार्पmत बललाई जाली चुमाएका थिए। यससँगै उनले लिगमा दोस्रो गोल गर्न सफल भए। ड्याडीले सरस्वतीविरुद्धको जितमा पनि निर्णायक गोल गरेका थिए।

त्यसपछिको बाँकी समयमा संकटा र जावलाखेल दुवै तर्पmबाट डिफेन्सिभ रणनीति बनेपछि थप गोल हुन सकेन। खेल १–१ को बराबरीमा टुंगियो। संकटाका डिफेन्डर टम्पी इनेस्ट म्यान अफ दी म्याच घोषित भए। यो नतिजासँगै संकटाले तीन खेलमा १÷१ जित र हारको नतिजा निकालेको छ। पहिलो खेलमा च्यासल युथसँग हार बेहोरेको संकटाले दोस्रो खेलमा भने न्युरोड टिम(एनआरटी)विरुद्ध जित निकालेको थियो।

बराबरीपछि संकटाका प्रशिक्षक विजय महर्जनले विदेशी खेलाडीले आशाअनुरूप प्रदर्शन गर्न नसक्दा तीन अंक गुमाएको बताए। ‘अफ्रिकन खेलाडीले सोचेअनुसारको प्रदर्शन गर्न सकेनन्। उनीहरूले सुरुदेखि नै दबाबमा रहेर खेले,’ संकटाका प्रशिक्षक महर्जनले भने, ‘साथै डिफेन्सको तालमेल पनि नमिल्दा गोल खायौं। पाएको तीन अंक गुमायौं।’

जावलाखेलका प्रशिक्षक नरेश थापाले भने सोचेको भन्दा राम्रो प्रदर्शन भएको बताए। ‘सोचेभन्दा खेलाडीले राम्रो खेले। पहिलो हाफमा गोल खाए पनि दोस्रो हाफमा दबाब दिन सक्यौं,’ थापाले भने, ‘दोस्रो हाफमा विपक्षीलाई दबाब दिन सक्यौं। गोल फर्काउँदै अंकसमेत प्राप्त ग¥यौं। दुवै ५०÷५० को अवस्थाका टोली थियौं। सोहीअनुरूपको नतिजा पनि आयौं। यो प्रदर्शनबाट जावलाखेलले हरेक टोलीलाई राम्रो चुनौती दिन सक्छ भन्ने सन्देश दिएको छ।’

मनाङ शीर्षमा
अन्तिम १७ मिनेट दश खेलाडीमा सीमित मनाङ मस्र्याङ्दी क्लबले बिहीबारको पहिलो खेलमा सफलता निकाल्दै जारी लिगमा तेस्रो जित दर्ता गरेको छ। शतप्रतिशत विजयी यात्रालाई कायम राख्ने क्रममा डिफेन्डिङ च्याम्पियनसमेत रहेको मनाङले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्न सफल भयो। यससँगै ३ खेलमा ९ अंकसहित मनाङ शीर्ष स्थानमा पुगेको छ। मनाङको जितमा जगजित श्रेष्ठ नायक बनेका थिए। उनको गोल नै मनाङको जितका लागि पर्याप्त रह्यो।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) को मैदानमा २५औं मिनेटमै जगजितले मनाङलाई अग्रता दिलाएका थिए। भिडाल लुइसको प्रहारमा जगजितले वान टचमा गोल गरेका थिए। लिगमा जगजितले पहिलो गोलसमेत गरे। त्यसअघि बिबिसीले खेलको तेस्रो मिनेटमा अवसर गुमाउँदा कप्तान अनिल गुरुङको प्रहार पोस्टनजिकबाटै बाहिरियो।

२३औं मिनेटमा मनाङका विमल रानाले वान टु वानमा गोल गर्न चुकेको तीन मिनेटपछि नै उनको अर्को प्रहार गोलकिपरले सहजै बचाए। त्यो गोलसँगै मनाङले पहिलो हाफमा १–० को अग्रता लियो। दोस्रो हाफमा दुवैतर्पmबाट गोलको प्रयास भए पनि सफल भए। ५२औं मिनेटमा बिबिसीका जय गुरुङको प्रहार मनाङ गोलरक्षक दीप कार्कीले बचाए। ५५औं मिनेटमा मनाङका फेमीको प्रहारमा बिबिसीका गोलकिपर विशाल सुनार बाधक बने।

६६औं मिनेटमा मनाङका विमलसँग वान भर्सेस वानमा बिबिसीका गोलकिपर विशालले उत्कृष्ट डाइभ गर्दै बचाउ गरे। ७३औं मिनेटमा एकराज बुढाथोकी सीधै रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा समेटियो। विजय गुरुङलाई गम्भीर ट्याकल गरेपछि रेफ्री कविन व्यञ्जनकारले एकराजलाई सीधै रातो कार्ड देखाएका थिए। यो हारसँगै बिबिसीले तीन खेलमा १ जित र २ हार बेहोरेको छ। मनाङको जितमा जगजित श्रेष्ठ नायक बनेका थिए। उनको गोल नै टोलीको जितका लागि पर्याप्त रह्यो।

प्रकाशित: ११ पुस २०७६ ०१:२५ शुक्रबार

‘ए’_डिभिजन_लिग जावलाखेल_युथ_क्लब