खेल

सिटी सेमिफाइनलमा

लन्डन – रहिम स्टर्लिङको दुई गोलप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले बुधबार कसाम रंगशालामा लिग वान क्लब अक्सफोर्ड युनाइटेडमाथि ३–१ को सहज जितका साथ इङ्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
सिटी पछिल्लो दुई संस्करणको विजेता हो। लगातार तेस्रो पटक लिग कपको उपाधि जित्ने लक्ष्यका साथ सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले बलियो टोली मैदान उतारेका थिए।

२२आंैै मिनेटमा जाओ कान्सेलोले गोल गर्र्दै सिटीलाई अग्रता दिलाएका थिए। ४६औं मिनेटमा म्याट टेलरले अक्सफोर्डलाई खेलमा फर्काएका थिए। त्यसको ४ मिनेटपछि स्टर्लिङले बललाई जाली चुमाउँदै सिटीलाई पुनः खेलमा अघि बढाएका थिए।

त्यसलगत्तै अक्सफोर्डले खेलमा फर्कने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग  गर्न सकेन। तर तार्की फोसुको प्रहार सिटीका गोलकिपर क्लाउडियो ब्राभोले विफल पारेका थिए। खेल सकिन २० मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडी ग्याब्रियल जिजसको पासमा स्टर्लिङले गोल गर्दै सिटीको सहज जित पक्का गरेका थिए ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा चौथो श्रेणीको कोल्चेस्टर युनाइटेडलाई ३–० ले हराउँदै अन्तिम ४ मा स्थान पक्का ग¥यो। दोस्रो हाफमा १० मिनेटको अन्तरमा ३ गोल गरेपछि युनाइटेड सेमिफाइनल प्रवेश गरेको हो। ५१औं मिनेटमा मार्कुस रसफोर्डले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै कोल्चेस्टरका रायन ज्याक्सनले आत्मघाती गोल गर्दा युनाइटेडको अग्रता दोब्बर भएको थियो। ६१औं मिनेटमा एन्थोनी मार्सियाले युनाइटेडका लागि तेस्रो गोल गरेका थिए।

यता लेस्टर सिटीले भने एभर्टनमाथि पेनाल्टी सुटआउटमा ४–२ को जितका साथ अघिल्लो चरणमा स्थान पक्का गरेको हो। निर्धारित समयको खेल २–२ को बराबरी भएपछि खेल पेनाल्ल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा लेस्टर भाग्यमानी साबित भयो। यसअघि मंगलबार भएको खेलमा एस्टन भिल्ला लिभरपुलमाथि ५–० को सहज जितका सेमिफाइनल प्रवेश गरेको थियो।

प्रकाशित: ४ पुस २०७६ ०१:११ शुक्रबार

म्यानचेस्टर_सिटी अक्सफोर्ड_युनाइटेड सेमिफाइनल