खेल

बार्सिलोना र रियल मड्रिड बाराबरीमा रोकिए

बार्सिलोना– क्याटलना क्लव बार्सिलोना र रियल मड्रिडले लालिगामा बराबरी खेलेका छन्।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेल गोल रहित बराबरीमा रोकिएका हुन्। ‘एल क्लासिको’ नामले परिचित खेल पछि दुवै टोलीले समान एक–एक अंकमा पाएका छन्।

दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन्।  बार्सिलोना लिगको शीर्ष स्थानमा यथावत छ।

गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ। खेलमा दुबै टोलीले पाएका उत्कृष्ट अवसार फालेका थिए। 

प्रकाशित: ३ पुस २०७६ ०६:२० बिहीबार

बार्सिलोना रियल_मड्रिड