खेल

सागमा निर्माण नभएका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन

फाइल फोटो

पोखरा– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका  भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। 

भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार हुनुपर्ने बताए। 

 पोखरामा सागका केही खेल सम्पन्न हुनुले यहाँको गरिमा र महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिए। रासस

प्रकाशित: २ पुस २०७६ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App