पोखरा – बाबर हायातको अर्धशतकमा चितवन राइनोजले पोखरा पल्टनलाई छ विकेटले पराजित गरेको छ। नमस्ते पोखरा प्रिमियर लिगमा मंगलबार दोस्रो विकेटको लागि रोहन मुस्तफासँग २४ रनको साझेदारी गरेका बाबर हायातले ललित राजवंशीको चौथो ओभर तेस्रो बलमा चौका हिर्काउँदै अर्धशतक पूरा गरेका थिए। रोहन व्यक्तिगत ११ रनमा आउट भएका थिए।
पोखरा पल्टनका सर्वजित लद्दाको प्रतियोगिताकै कमजोर बलिङ रह्यो। उनले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। उनकै खराब बलिङमा चितवन राइनोजले १४.५ ओभरमै १ सय ८ रनको लक्ष्य भेट्टायो। हङकङका बाबरले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्कासमेत सामेल रह्यो। पारस खड्का र आरिफ शेख सस्तैमा आउट भएपछि इनिङलाई बाबरले सम्हाले।
चितवनले पहिलो ओभरमै अनिल साहलाई गुमाएपछि बाबर हायात क्रिज छिरेका थिए। रोहन आउट भएपछि पारस खड्का ४ रनमा क्याच हुँदा आरिफ शेख पनि १ रनमै पवेलियन फर्किएका थिए। बाबरले पाँचाैं विकेटका लागि सन्नी पटेलसँग ५० रनको साझेदारी गरे। दुवैको साझेदारीले चितवन राइनोजलाई जितसम्म डो-यायो। पटेलले १८ बल खेल्दै एक चौका दुई छक्काको मद्दतमा २२ रन जोडे। बाबर हायात म्यान अफ दी म्याचको हकदार बने। रसिद खानले ३.५ ओभर फ्याँक्दै २४ रन दिएर २ विकेट लिए।
बाबरले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार टस हारेर ब्याटिङमा उत्रिएको साबिक विजेता पोखरा पल्टनले कप्तान शरद भेषावकरको ४५ रनको योगदानमा चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य प्रस्तुत ग-यो। सुरुदेखि नै ब्याटिङमा धरमराएको पोखरा पल्टनको इनिङलाई कप्तान भेषावकरले सम्हाल्ने प्रयास गरे। १ सय ७ रन बनाउँदा सबै विकेट गुमाएको पोखरा पल्टनले ओभर भने पूरै खेल्यो।
दोस्रो ओभरमै पहिलो विकेट गुमाएको पोखराका लागि कप्तान भेषावकर इनिङ सम्हाल्ने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए। कुशल भुर्तेललाई ५ रनमै गुमाएको पोखराले दोस्रो विकेटको रूपमा आशिफ शेखलाई गुमाउन पुग्यो। शेख दुई चौका हान्दै सेट हुन खोजे पनि विक्रम शोबको बलमा सन्नी पटेलबाट क्याच भए। त्यसपछि आएका रविइन्दर सिंह पनि पहिलो संस्करणमा जस्तो जम्न सकेनन्। कप्तान भेषवाकरसँग महŒवपूर्ण साझेदारीको अपेक्षा गरिएको थियो। यद्यपि सिंह पनि पारस खड्काको बलमा बोल्ड भएपछि कप्तान भेषावकरमाथि दबाब सृजना भयो। भेषावकरले ४५ रन बनाउने क्रममा ३९ बल खेल्दै ३ चौका र ३ छक्का हिर्काए। भेषावकर रोहन मुस्तफाको बल आउट भएका थिए।
विनोद भण्डारी पनि दोहोरो अंकको रनविहीन अवस्थामै पवेलियन फर्किए। कुशल मल्ल १३ रनै आउट भए। एकपछि अर्को गर्दै विकेट झरेपछि दबाबमा रहेको पोखराका तीन ब्याट्सम्यान रनविहीन रहे। रोहितकुमार पौडेल रन आउटको सिकार हुन पुगे। सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर २ विकेट लिए। रोहन मुस्तफा र भुवन कार्कीले पनि समान दुई विकेट नै लिए।
प्रकाशित: २ पुस २०७६ ०३:५५ बुधबार