खेल

२०औँ सिनयिर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

रामेछाप- जिल्लाको खाडादेवी गाउँपालिकामा २०औँ सिनयिर राष्ट्रिय तेक्वान्दो(आइटिएफ) प्रतियोगिता शनिबारबाट सुरु भएको छ। तेक्वान्दो जिल्ला संघ रामेछापको आयोजनमा संचालन भएको उक्त प्रतियोगितामा सात प्रदेश, नेपाली सेना र शसस्त्र प्रहरी वलका दुई विभागिय टिमसहित ९ समूहका महिला र पुरुष गरि करिब ३ सय जनाको सहभागिता रहेको छ।

यसअघि सात प्रदेशमा संचालन भएको खेलबाट उत्कृष्ठ छानिएका खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहेको तेक्वान्दो जिल्ला संघ रामेछापका अध्यक्ष रुपसिंह मोक्तानले बताए। उनले रामेछापको इतिहासमा यस प्रकारको राष्ट्रिय प्रतियोगिता पहिलो पटक भएको पनि बताए।

इन्डिभिजोल स्पाइरिङ, इन्डिभिजुअल प्याटन, सेल्फ डिफेन्स, टिम प्याटन, टिम स्पाइरिङ गरि पाँच विधामा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ। शनिबारको प्रतियोगितामा इन्डिभिजुअल स्पाइरिङ, इन्डिभिजुअल प्याटनका दुई विधामा प्रतियोगिता सम्पन्न भएको हो।

३० गतेसम्म संचालन हुने प्रतियोगितामा उत्कृष्ठ हुनेहरुलाई गोल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्धघाटन रामेछापका प्रतिनिधी सभाका सदस्य श्यामकुमार श्रेष्ठले गरेका थिए।

 

प्रकाशित: २८ मंसिर २०७६ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App