खेल

सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा

काठमाडौं- नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो। 

पदकधारी खेलाडीहरुलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपछि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए। उपाध्यक्ष तिमल्सिनाका अनुसार राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रममा गरिएको थियो। उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपेको बताए।

उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न खेलाडी, उनीहरुका अभिभावकको ठुलो सहयोग रहेको बताए। मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो। 

प्रकाशित: २७ मंसिर २०७६ १०:१४ शुक्रबार

१३_औं_दक्षिण_एसियाली_खेलकुद_प्रतियोगिता_(साग) पदक_विजेता नगरपरिक्रमा