खेल

कुटपिटको विरोधमा पत्रकारको प्रदर्शन

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्।

रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भए पनि उनीहरु रिपोर्टिङको लागि सुरक्षित वातावरण नभएको भन्दै प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन्। उनीहरुलाई बंगलादेशी र श्रीलंकाका खेल पत्रकारहरुले पनि साथ दिएका छन्।

मंगलबार बिहान नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले दशरथ रंगशालामा कुटपिट गरेको थियो।

रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको भिडियो खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईँ माथि कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

 

प्रकाशित: २४ मंसिर २०७६ ०९:४० मंगलबार

साग खेलकुद पत्रकार कुटपिट