खेल

समाचार संकलनमा गएका नागरिककर्मी चापागाईमाथि प्रहरीको कुटपिट

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलनमा रहेका नागरिककर्मी सुमन चापागाईमाथि प्रहरीले कुटपिट गरेको छ। फोटो खिचेको निहुँमा प्रहरीले दशरथ रंगशाला परिसरमा कुटपिट गरेको हो। उनको कानबाट रगत आएको छ। घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

१३ औं साग अन्तर्गत पुरुष फुटबलको अन्तिम खेलमा टिकट नपाएपछि भएको विरोधलाई उनी फोटो कैद गर्ने क्रममा थिए। सोही क्रममा उनी पिटिएका हुन्। 

‘फोटो खिच्दा मलाई प्रहरीले लाठी, मुक्का र बुटले प्रहार गर्यो’ घाइते चापागाईले भने,‘सागको अन्तिम दिन टिकट नपाएको विरोधमा दर्शक आन्दोलित थिए, प्रहरीले आन्दोलनकारीलाई लछारपछार पारेको फोटो खिच्दा मलाई एस एस राठोर नेमप्लेट लगाएका डिएसपीले कुटेका हुन।’

 

 

 

नागरिककर्मी सुमन_चापागाई