खेल

महिला फुटबल टोलीका प्रशिक्षक खड्काले दिए राजीनामा

पोखरा- भारतसँग पराजित हुदैं रजत पदकमा चित्त बुझाउन बाध्य भएको नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामाका घोषणा गरेका छन्। उनले विराटगरमा समेत उपविजेता बने लगत्तै राजीनामा दिएका थिए। यदपी अखिल नेपाल फुटबल संघले खड्कालाई नै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा प्रशिक्षको जिम्मेवारी सुम्पिएको हो।

अवकाश १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) को फाईनल टुंगिए लगत्तै दुई खेलाडीले अवकाश लिएका छन्। नियमित कप्तानको जिम्मेवारी लिएपनि पछिल्लो बैकल्पिक खेलाडीको रुपमा रहेकी निरु थापा र मनमाया लिम्बुले महिला राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका हुन्। सन्यास लिएका खेलाडीद्वयलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो।

 

प्रकाशित: २३ मंसिर २०७६ ११:०५ सोमबार

साग फुटवल प्रशिक्षक