खेल

भारतविरुद्ध कीर्तिमान रच्ने दाउमा नेपाल

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतमहिला फुटबलमा स्वर्णको छिनोफानो आज लाग्दैछ।

फाइनलमा नेपाल र भारतबीच स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। पोखरा रंगशालामा उत्रिँदा नेपाल महिला टोली सागमा ऐतिहासिक पदक भित्र्याउने दाउमा हुने छ।

लिग राउण्ड चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो। नेपाली महिलको खेलको स्तर सुधारिएपनि भारतमाथी नेपाल हावी हुन सकेको छैन। खेलमा नेपाल डिफेन्सिफ रणनीतिमा मैदान उत्रिने छ।

नेपाल समूहमा उपविजेता हुँदै फाइनल प्रवेश गरेको थियो भने भारत समूह विजेता हुँदै फेरि नेपालसंग नै भेटपक्का गरेको थियो। 

नेपालकी महिला टिम कि स्ट्राइगर सावित्रा भण्डारीले फरवार्ड लाइन सम्माले छिन्। उनी अन्तर्राष्ट्रिय स्तरमा नेपालको सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। नेपाल र भारतबीचको प्रतिस्पर्धा सुरु भएको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०७:४२ सोमबार

साग नेपाल