खेल

पुरुष क्रिकेटमा नेपाल कास्य नजिक

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको कास्य पदकको लागि नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

कास्य पदकको लागि नेपालले ९५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनायो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा माल्दिभ्सका लिम साफेगले सर्वाधिक १९ रन बनाए। त्यस्तै मोहमद रिसवानले १७ रन र कप्तान मोहमद माफोजले १६ रन रअमिल माउरुफले १३ रन बनाए। 

नेपालका ललित नारायण राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए।

नेपाले अहिले ब्याटिङ गरिरहेको छ। १० ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर ५९ रन बनाइसकेको छ। अब नेपाललाई जीतका लागि १० विकेटबाट ३६ रनको आवश्यक छ। 

स्वर्णका लागि भने बंगलादेशको यु–२३ र श्रीलंकाको यु–२३ बीच आजै प्रतिस्पर्धा हुने छ।  

प्रकाशित: २३ मंसिर २०७६ ०५:४३ सोमबार

साग पुरुष_क्रिकेट कास्य