खेल

यूनिक होम्स तेस्रो पटक सामूहिक खेल महोत्सवको च्याम्पियन

भैरहवा - भैरहवामा भएको भएको १८ औं सामूहिक खेल महोत्सवको च्याम्पियन यस वर्ष पनि यूनिक होम्स बनेको छ।
रुपन्देहीको धकधईस्थित विद्यालयले मिनर्वा बोडिंग हाइस्कुल ठुटिपिपललाई ९ अङले पछि पार्दै लगातार तेस्रो पटक च्याम्पीयन बनेको हो।

सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा गत १९ गतेदेखि भएको खेल महोत्सवमा यूनिकल ४३ अंक ल्याई रनिगंसिल्ड प्राप्त गरेको छ। त्यसैगरी लगातार आठ पटक र हाल सम्म दश पटक रनिङ सिल्ड राख्न सफल मिनर्वा बोडिंग हाइस्कुल ठुटिपिपलले  दोश्रो स्थानमा चित्त बुझाएको छ। ३४ अंक ल्याई दोस्रो स्थान मिनर्वाले पाएको छ भने ३३ अंक ल्याएर एभरग्रिन प्यासिफिक इगलिश बोडिंग स्कुल बेथरी तेश्रो भएको छ।

त्यसैगरी सव जुनिएर छात्र तथा छात्रातर्फ र वेष्ट टिममा एभरग्रिन प्यासिफक प्रथम भएको छ। जुनिएर छात्रातर्फ युनिहोम्स  धकधइ, छात्र तर्फ साइ ग्लोबल र वेष्ट टिममा युनिहोम्स बोर्डिङ रहेको छ। सिनियर छात्रातर्फ मिनर्वा ,छात्र तर्फ युनिकहोम्स र वेष्ट टिममा मिनर्वा भएको छ। विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार ५४÷५४ वटा स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूहलाई ट्रफी  सिल्ड तथा प्रमाण पत्र प्रमुख अतिथि प्याब्सनका केन्द्रिय सह अध्यक्ष डि के ढुंगानाले पुरस्कार वितरण गरेका थिए।

समापनमा बोल्दै ढुंगानाले खेलबाट नै एक आपसमा भाइचारा स्थापति भई विद्यार्थीहरुमा अनुशासन कायम भएको बताए। देशका विभिन्न ओहदामा पुगेका विद्यार्थीहरुले आफ्नो ठाउमा प्रतिष्ठीत रहे पनि खेल मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुप विद्यालयलेले ठूलो भुमिका खेलेको बताए।

खेल महोत्सवमा विभिन्न ३ तहमा खेलकुदको आयोजना गरिएको थियो। जसमा लंगजम्प, सटपुट, १००मिटर दौड, २००मिटर, ४ सय मिटर र ८ सय मिटरका दौड, ३ लेग, स्किपिङ, सेक रेस, रिले लगायतका खेलहरु भएको कार्यक्रम संयोजक चुडामणी भुषालले बताए।

परिवारमा हाल आबद्ध रुपन्देहीका १७ विद्यालयका विद्यार्थी एवम् शिक्षकहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापमा विकास गरी अन्तरनिहीत प्रतिभाहरू प्रष्फुटन गर्ने उद्देश्यले सामुहिक विद्यालय परिवारले स्थापनाकाले देखि नै खेल आयोजना गर्दै आएको छ।

हालसम्म खेल महोत्सवमा मिनार्वाले १० पटक, युनिक होम्सले ३ पटक, मनकामना स्कुलले १ पटक, काशी नोबलले १ टक सिद्धार्थ ग्यालेक्सीले २ पटक र सेन्ट जोसेफले १ पटक च्याम्पियन बनिसकेका छन। वि.स.२०५९ सालमा सस्थापक अध्यक्ष विएन शर्माले सुरुवात गरेको खेल महोत्सव यस वर्ष ‘सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल’ भन्ने नाराका साथ सम्पन्न भएको छ। यस अघि मंसिर ६ र ७ गते क्रिकेट तथा मंसिर १३ र १४ गते अन्तरविद्यालय भलिवल प्रतियोगिता सम्पन्न गरिसकेको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०४:१० सोमबार

सामूहिक_खेल_महोत्सव यूनिक_होम्स