खेल

यस्ता छन्, आइतबार हुने सागका १५ प्रतिस्पर्धा

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।

राखेपका सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

ललिलपुरमा पौडी प्रतियोगिता हुनेछ। जनकपुर कुस्ती प्रतियोगिता हुने छ। पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल हुने छ। बाँकी खेल काठमाडौंमा हुनेछ। 

 

प्रकाशित: २२ मंसिर २०७६ ०५:२४ आइतबार

साग