खेल

महिला कुस्तीमा नेपाललाई स्वर्ण

जनकपूर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन्।

जनकपुरमा भएको ५५ केजी समूहमा धामीले स्वर्ण जितेकी हुन्। उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले पराजित गरिन्। १३ औ सागमा कुस्तीतर्फ नेपालको यो पहिलो स्वर्ण हो। 

प्रकाशित: २१ मंसिर २०७६ १०:५१ शनिबार

साग संगीता_धामी स्वर्ण