खेल

श्रीलंकाकी हिरुनीलाई म्याराथोनमा स्वर्ण, नेपालकी पुष्पालाई रजत

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको महिला म्याराथनमा नेपालले रजत पदक जितेको छ।

शनिबार विहान भएको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी हुन्। पुष्पाले कान्छीमाया कोजुको कीर्तिमानलाई भंग समेत गरेकी छिन्। यस अघि कोजुको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। 

स्वर्ण भने श्रीलंकाकी हिरुनी केसराले हात पारिन्। दशरथ रंगशालाबाट शुुभारम्भ भएको प्रतियोगिता ४२ दशमलव १९५ किलोमिटर छिटोल्दै पुनः दशरथ रंगशाला मै आएर समापन भएको थियो।

स्वर्ण पदक विजेता हिरुनीले निर्धारित दुरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पुरा गरिन्। रजत पदक वितेजा पुष्पाले भने २ घण्टा ५० मिनेट ११ सेकेण्डको समय लगाइन्। कास्य पदक भने भारतले जितेको छ। भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेण्ड लगाएर कास्य जितेकी हुन्। 

प्रकाशित: २१ मंसिर २०७६ ०५:१२ शनिबार

साग एथ्लेटिक्स म्याराथन