खेल

शनिबार विहान हुने म्याराथनका लागि रुट सार्वजानिक

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत म्याराथन प्रतिस्पर्धाका लागि रुट सार्वजानिक भएको छ।

४२ दशमलव १९५ किलोमिटरको दुरीमा हुने प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपूका तीनै जिल्लालाई छुने छ। 

राष्ट्रिय खेलकुद परिषद्का अनुसार दौडको शुभारम्भ दशरथ रंगशालाबाट सुरु हुनेछ। दशरथ रंगशालाबाट सुरु हुने प्रतियोगिता कालिमाटी, कलंकी हुँदै सातदोबाटो तर्फ लाग्ने छ।

त्यस्तै सातदोबाटोबाट कोटेश्वर हुँदै भक्तपुरको सुर्यविनायकको ट्राफिक पोस्ट घुमेर फेरी कोटेश्वर आउने छ। कोटेश्वरबाट बानेश्वर माइतिघर हुँदै भद्रकाली मार्गतर्फ प्रतिस्पर्धी अघि बढ्ने छन्। 

राखेपको अनुसार शहीद गेट, रत्नपार्क, लौनचौर, गौरीधारा, जय नेपाल हल हुँदै प्रतियोगी अघि बढ्ने छन्। त्यस्तै दरबारमार्ग घण्टाघर, विद्युत प्राधिकरण, सहिद गेट हुँदै टोली पुनः दशरथ रंगशाला नै पुग्ने छ। 

प्रतियोगिता विहान सात बजेबाट सुरु हुने छ। यी रुटमा सवारी आवतजावतमा समेत अवरुद्ध हुने छ। 

 

प्रकाशित: २० मंसिर २०७६ ११:५९ शुक्रबार

म्याराथन साग