खेल

भैरहवामा १८औँ सामूहिक खेल महोत्सव सुरु(फोटो फिचरसहित)

भैरहवा - १८ औं सामूहिक खेल महोत्सव सुरु भएकोे छ। सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल भन्ने नाराका साथ भैरहवा आसपास क्षेत्रका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्न सामूहिक विद्यालय परिवार, रुपन्देहीले विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ।

समूहमा आवद्ध विद्यार्थी तथा शिक्षकहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापमा विकास गरी अन्तरनिहीत प्रतिभाहरू प्रष्फुटन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सामुहिक विद्यालय परिवारका अध्यक्ष भरत गिरीले बताए। विगत १७ वर्षदेखि निरन्तर रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै परिवारले खेल सँगै विविध कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गिरीले बताए।

समूहमा आवद्ध १७ विद्यालयका एक हजार बढी विद्याथीहरु बीचहुने खेल महोत्सव ३ तहमा विभाजन गरी प्रतियोगिता गराइने खेल महोत्सवका संयोजक चुणमणि भुसालले बताए। कक्षा १देखि ३ सम्मको सवजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि ९ सम्मका सिनियर गरी ३ तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरि २ विधामा खेलाइने संयोजक भुसालले बताए।

मंसिर १९ गते देखि २२ गते सम्म हुने ३ दिने खेल महोत्सवमा सय मिटरदेखि ८ सय मिटर सम्मका दौड, सय गुणे ४ दौड, स्किपिङ, बोरा दौड, तीन खुट्टे दौड , लङजम्प, सटपुट लगायतका खेलहरु हुने आयोजकले जनाएको छ। विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार ५४÷५४ वटा स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूह तथा च्याम्पीयनलाई रनिङ सिल्ड, सिल्ड तथा प्रमाण पत्र प्रदान गरिनेछ। वि.स.२०५९ सालमा स्थापना भएको परिवारमा समाज तथा राष्ट्रका लागि असल जिम्मवर खेलाडी/नागरिक तयार गर्नु हो। महोत्सवबाटै राष्ट्रिय स्तरमा धेरै खेलाडीहरुले पनि सहभागिता जनाइसकेका छन्।

विएन शर्मा अध्यक्ष हुँदा शुरु भएको सामूहिक खेल महोत्सव हरेक वर्ष आयोजना हुदै आएको छ। यस अघि मंसिर ६ र ७ गते क्रिकेट र मंसिर १३ र १४ गते अन्तरविद्यालय भलिवल प्रतियोगिता सम्पन्न गरी अहिले एथलेटिक्स अन्तर्गतका खेलहरुबीच प्रतिस्पर्धा गर्न लागिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का समामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकुदलाई अगाडि बढाउन प्रदेश सरकार गम्भिरताका साथ लागेको बताए । प्रदेश सरकारले खेलकुदकै लागि हरेक स्थानीय तहमा र खेलकुद मैदानसहित प्रदेशमा २ वटा अन्तराष्ट्रिय खेलकुद मैदानको निर्माणमा आपmुहरु सक्रियताका साथ लागी परेको बताए ।
रुपन्देही क्षेत्र ३ प्रदेश सभा सदस्य सँन्तोष पाण्डेले बिद्यालय स्तरबाटै खेलकुद लाई अगाडि बढाउन सके धरै राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकिने उल्लेख गर्दै सामूहिक बिद्यालय परिवार गरेको खेल महोत्सवले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत पुग्ने बताए।

नगर परिक्रमा गरि सुरु गरिएको महोत्सव लुम्बिनी गेटबाट सुरु भई बुद्धचोक नारायण पथ, प्रहरी टोल, मिलन चोक, बैक रोड, देवकोटा चोक, आँखा अस्पताल हुदै रंगशाला पुगेको थियो। कार्यक्रममा सस्थापक अध्यक्ष विएन शर्मा तथा  स्थापनाकालदेखि सहयोग गर्दै आएका शुभेच्छुककेबी गुरुङ, रविन्द्र सिंह राना र गूरु बहादुर कमललाई सम्मानित गरिएको थियो।

आज भएको भएको खेलमा सिनियर सर्टपुटमा छात्रतर्फ युनिक होम्स प्रथम, स्पाङगल स्कुल द्वितीय र साई ग्लोबल  एकेडमी तृतीय भएको छ भने छात्रातर्फ क्रमशः सिबी पब्लिक स्कुल प्रथम, युनिक होम बोडिङ् स्कुल द्वितीय र साई ग्लोबल एकेडेमी तृतीय भएको छ। त्यस्तै लंजम्प छात्रतर्फ साइ ग्लोबल एकेडमी प्रथम, युनिक होम्स् द्वितीय र फ्लोरल ईङ्गलीस बोर्डिङ स्कुल तृतीय भएको समूहका सदस्य युवराज पोखरेलले बताए।

तस्बिरः माेहम्मद/नागरिक

प्रकाशित: २० मंसिर २०७६ ०४:०९ शुक्रबार

खेल_महोत्सव भैरहवा