खेल

भूटानद्वारा माल्दिभ्स २–१ गोल अन्तरले पराजित

काठमाडौं– भूटानले माल्दिभ्सलाई पराजित गरेको छ।
दशरथ रंगशालमा भएको खेलमा भूटानले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
१३औं सागअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा भूटानले बंगालादेशलाई एक शु्न्य गोल अन्तरले पराजित गरेको थियो।
दोस्रो खेलमा भने आयोजक नेपालसंग ४ शुन्य गोलअन्तरले पराजित भएको थियो। लिगराण्न्ड रोविनका आधारमा भएको तेस्रो खेलमा भने फेरी भूटान फर्किएको छ। बिहीबार सम्पन्न खेलमा भूटानले स्तरीय खेल प्रस्तुत गरेको छ।
पछिल्लो समय भूटानले फुटबलमा खेलको स्तर सुधार गरेको छ। दूई जीत, १ हार ब्यहोरेको भूटान ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। एक खेल जीत, एक खेल ‘ड्र’ खेलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ।
पाँच टिम सहभागी रहेको प्रतियोगिताको शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन्। निकै व्यस्त बनाइएको खेलको तालिका प्रति भने सहभागी देशहरुले आपती जनाउँदै आएका छन्। 

प्रकाशित: १९ मंसिर २०७६ १०:१३ बिहीबार

भूटान माल्दिभ्स साग