काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङको डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ। प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।
गोकर्णस्थित सहिद पार्कमा बुधबार भएको प्रतियोगितामा दुई रजत पनि जितेको छ।
पुरुषतर्फ निरभ श्रेष्ठ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका हुन्। साइक्लिङको प्रतिस्पर्धा एक किलोमिटर दूरीको भएको थियो।
प्रकाशित: १८ मंसिर २०७६ ०७:१३ बुधबार