खेल

कर्भडहल बाहिर दर्शकले गरे नाराबाजी

काठमाडौं- महिला भलिबलको फाइनल खेल चलिरहँदा कर्भडहल भन्दा बाहिर नाराबाजी भएको छ। टिकट प्रदायक कम्पनी इ–सेवाले क्षमता भन्दा बढी टिकट बेचेको भन्दै टिकट काटेका दर्शकले नाराबाजी गरेका हुन्।

टिकट काटेर पनि फाइनल स्थलमा प्रवेश गर्न नपाएको भन्दै दर्शकहरुले नाराबाजी गरेका हुन्। महिला भलिबलको फाइनल खेल चलिरहँदा कर्भडहल भन्दा बाहिर दर्शकको अत्याधिक चाप रहेको छ। दर्शकले टिकट काटे पनि उच्च चापका कारण सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रवेश गराएका छैनन्।

दर्शकले आयोजकले अव्यवस्थित तरिकाले प्रतियोगिता आयोजना गरेको भन्दै आक्रोस व्यक्त गरेका छन्।

प्रकाशित: १७ मंसिर २०७६ ११:०० मंगलबार

कर्भडहल दर्शक नारा_बाजी