खेल

नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा नेपालले ५ विकेटको गुमाएर १७२ रन बनाएको हो। नेपालका तर्फबाट दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले। उनी सर्वाधिक ७२ रन बनाएर नटआउट रहे।

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, बिनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भए। करन केसीले नटआउट १ रन बनाए।

प्रकाशित: १७ मंसिर २०७६ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App