खेल

महिला फुटबलमा नेपाल विजयी

तस्बिरः एन्फा

पोखरा– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। 

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो। 

खेल अन्तिम मिनेट तिर सरु लिम्बुले गरेको गोल नै निर्णयक बनेपछि नेपालले तीन अंक प्राप्त गरेको हो। पोखरा रंगशालामा आजै भारत र माल्दिभ्सबीच खेल हुनेछ।

राउन्ड लिग रोविनको आधारमा भएको खेलमा नेपालले अर्को खेल बिहिबार माल्दिभ्ससँग खेल्नेछ। 

प्रकाशित: १७ मंसिर २०७६ ०७:१७ मंगलबार

साग फुटबल