खेल

रोनाल्डोलाई उछिन्दै मेस्सीले जिते बालोन डी’ओर

पेरिस– बार्सिलोनाका फरवार्ड तथा कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।

अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि सन् २०१९ को उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्।

मेस्सीले यस अघि सन् ००९, ०१०, ०११, ०१२ र ०१५ मा बालोन डी’ओर जितेका थिए। रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्।

विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको मेस्सीले सर्वाधिक मत प्राप्त गरेका हुन्। 

प्रकाशित: १७ मंसिर २०७६ ०६:४७ मंगलबार

मेस्सी